अफ्रिकी देश सेशेल्समा एनसिसि गठन
वि.सं.२०७५ असोज ५ शुक्रवार १८:४६
shares

गैरआवासीय नेपाली संघको ७९ औं एनसिसिको रुपमा एनसिसि सेशेल्स गठन गरिएको छ । १३ सेप्टेम्बरमा नेपालीहरुको एक भेलाले रामप्रसाद पन्तको अध्यक्षतामा एनआरएनए सेशेल्स गठन गरिएको एनआरएनए अफ्रिकाका क्षेत्रीय संयोजक सुनिल कार्कीले जानकारी दिए ।
त्यस्तै, उपाध्यक्षमा मनोज विश्वकर्मा र किशोर कुमार महर्जन, महासचिवमा कमानसिंह खत्री, सचिमा विश्वजित कार्की, कोषाध्यक्षमा कोमलराज पान्डेय, सहकोषाध्यक्षमा किरण अधिकारी, प्रवक्तमा एकराज सुवेदी, महिला संयोजकमा गोमा अधिकारी र युवा संयोजकमा रामचन्द्र राईलाई चयन गरिएको छ । सदस्यहरुमा चेतमान कुँवर, आइन्द्र लिम्बु र बिष्णु रहेका छन् ।
अफ्रिकी मुलुक सेशेल्स, अफ्रिकाको सबै भन्दा बढी प्रतिव्यक्ति आय भएको र थोरै जनसंख्या भएको देश हो । अफ्रिकाको पूर्वी तटमा अबस्थित टापुहरुको यो देश संसारकै प्रमुख पर्यटकिय स्थल मध्येको एक हो । सेशेल्समा पाँच सय भन्दा बढी नेपालीहरु होटेल र अन्य पर्यटन उद्योगमा कार्यरत छन ।
संघका अन्तर्राष्ट्रिय समन्वय परिषद्का कोषाध्यक्ष हिक्मत थापाले सेशेल्स अफ्रिका क्षेत्रको १७ औं राष्ट्रिय समन्वय परिषद् र गैरआवासीय नेपाली संघको ७९ औं राष्ट्रिय समन्वय परिषद बनेको जानकारी दिए ।






















