काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

ट्रमा सेन्टरमा एमआरआई मेसिन नहुँदा बिरामी मारमा

16.41K
shares

मुलुकको एक मात्र सरकारी राष्ट्रिय ट्रमा सेन्टरमा एम. आर.आई मेसिन नहुँदा बिरामी महंगो शुल्क तिर्दै निजी अस्पताल धाउन बाध्य भएका छन् ।

दुर्घटनामा परी अङ्ग भङ्ग भएका बिरामीको जाँचका लागि एम. आर.आई मेसिन अभावमा ट्रमा सेन्टरले अन्य निजी अस्पतालमा उपचार गर्न रेफर गरिरहेको छ । सस्तो र सुलभ उपचार हुने भन्दै पुगे पनि गम्भीर अवस्थाका बिरामीले समयमै उपचार नपाएर ज्यानसम्म गुमाउनुपर्ने खतरा छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत जेठमा एम. आर.आई मेसिन खरिदका लागि अर्थमन्त्रालयसँग बजेट माग गरेको थियो । २५ करोड रकम बिनियोजन भए पनि निकासा नहुँदा मेसिन खरिद प्रक्रिया भने अघि बढेको छैन ।

के गर्छ ट्रमा सेन्टरले ?
दुर्घटनामा परी गम्भीर घाइते भएका र अङ्ग भङ्ग भएका बिरामीका लागि भारत सरकारको सहयोगमा निर्माण गरिएको हो ट्रमा सेन्टर । सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पहिलोपटक आउँदा यो अस्पताल नेपाल सरकारलाई हस्तान्त्रण गरिएको थियो । ट्रमा सेन्टरमा हाडर्जोनी सम्बन्धी विशेष उपचार हुन्छ ।

निजी अस्पतालको खर्च धान्न नसकेर बिरामीले अकालमा ज्यान गुमाउन नपरोस् भन्ने मनशायले ट्रमा सेन्टर स्थापना गरिएको हो । आम नागरिकको स्वास्थ्य क्षेत्रमा पहुँच पु¥याउने भनिए पनि अत्यावश्यक सेवा सुविधा अभावमा बिरामीले समस्या खेप्दै आएका छन् । हुनत् यो अस्पताल भौतिक रुपमा सुविधासम्पन्न छ । आवश्यक जनशक्ति छ । तर, व्यवस्थापन भने फितलो ।

किन भएन एम. आर. आई ?
यो अस्पतालमा अन्य सबै प्रविधि भए पनि एम. आर. आई मेसिनको अभाव छ । ट्रमा सेन्टरले मेसिनको आवश्यकता औल्याउँदै स्वास्थ्य मन्त्रालयसँग मेसिन खरिदका लागि आग्रह गरेसँगै बजेट बिनियोजन पनि भयो । तर, अर्थ मन्त्रालयले निकासा नगरिदिँदा खरिद प्रक्रिया अन्यौलमा परेको छ । सूचना अधिकारी अर्जुन भेटवालका अनुसार वीर अस्पतालमा एम. आर. आई भएकाले बजेट बिनियोजनमा ढिलाई भएको हुनसक्छ ।

मासिक ४० भन्दाबढी बिरामी रेफर
एम. आर. आई विशेष गरी टाउकोमा लागेको चोट र स्पाइनल इन्जुरीका लागि हो । तर ट्रमाले यो सुविधा नभएको भन्दै मासिक ४० जना भन्दाबढी बिरामी अन्य अस्पतालमा रेफर गर्छ । सुचना अधिकारी भेटवाल भन्छन्, ‘मासिक ४० भन्दाबढी जटिल प्रकृतिका बिरामी आउछन् । तर, हामीसँग एम. आर. आई मेसिन नभएकोले अप्रेशनमा समस्या देखिने हुँदा अन्य हस्पिटलमा रेफर गर्न बाध्य छौ ।’

स्वास्थ्य जस्तो अत्यावश्यक सेवामा सर्वसाधारणको सहज पहुँच नहुँदा अकल्पनीय दुर्घटना हुने गरेका छन् । गम्भीर र जटील प्रकृतिका बिरामीको उपचार गर्न खोलिएको अस्पतालमै आवश्यक सेवा अभाव हुनुलाई के भन्ने ?