गृहपृष्ठ प्रदेश १ काे राजधानीलाई लिएर नेकपामा विवाद
प्रदेश १ काे राजधानीलाई लिएर नेकपामा विवाद
प्रदेश १ को नाम र स्थायी राजधानीलाई लिएर नेकपामा विवाद भएको छ । केही नेताले विराटनगर नै स्थायी राजधानी तोकिने मिडियाबाजी गरेको भन्दै पहाडी क्षेत्रका सांसदले विरोध जनाए पछि विवाद सतहमा आएको हो ।
विवादका कारण प्रदेशको नाम नभए राजधानीमात्रै भए पनि तत्काल टुंग्याउने भन्दै सोमबार र मंगलबार बसेको संसदीय दलको बैठक निष्कर्षहीन बनेको छ । बिराटनगर राजधानी बनाउने पक्षमा केही संसदहरु देखिए पनि पहाडी जिल्लाका संसदहरुले प्रदेशको राजधानी ईटहरी आसपास हुनुपर्ने प्रस्ताव संसदीय दलको बैठकमा राखेका छन् ।
बिराटनगरको फन एण्ड फुड रिसोर्टमा बसेको बैठकमा प्रदेशको नामभन्दा बढी राजधानीबारे छलफल भएको नेताहरुले बताएका छन् । छलफलको क्रममा पहाडी जिल्लाका संसदले ईटहरी आसपास हुनुपर्ने बताए पनि अरु सांसदहरु भने बिराटनगर नै राजधानी हुनु पर्ने अडान राखे ।
संसदीय दलको बैठक पछि प्रदेशको राजधानी पहिलो चरणमा प्रस्तावको रुपमा लैजाने प्रदेश सरकारको तयारी अनुसार सांसदहरुसँग राय लिने काम भएको हो । बैठकको क्रममा पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै मुख्यमन्त्री शेरधन राईले सबैको धारणा सुन्ने काम भईरहेको बताए ।
उनले राजधानी कतै जानसक्ने अबस्था नरहेको र यसैलाई स्थायित्व गरेर अन्य शहरलाई समेत सम्बोधन गर्ने गरी स्थायी राजधानी तोकिने बताए ।
प्रकाशित समय : २३:४५ बजे


















