इन्डोनेशिया : भूकम्प र सुनामीमा परी १२ सयको मृत्यु
वि.सं.२०७५ असोज १६ मंगलवार २३:२९
shares

इन्डोनेशियामा शक्रबार आएको विनाशकारी भूकम्प र सुनामीमा परी मृत्यु हुनेको संख्या १२ सय पुगेको छ । इन्डोनेशियाको विपत व्यवस्थापन विभागले यो कुरा पुष्टि गरेको छ ।
गत शुक्रबार सुलावेसी प्रान्तमा ७ दशमलव ५ म्याग्नीच्यूडको भूकम्प गएको थियो । त्यसको केही समयलगत्तै तटवर्ती पालु क्षेत्रमा भयंकर सुनामी आएको थियाे ।
राहत–उद्धार टोलीका प्रमुख अगस हारायोनोले अझै ५० जना मानिस भग्नावशेषमा फसेका बताएका छन् । भूकम्प र सुनामीका कारण कम्तिमा ६० हजार मानिस बेघर बनेका छन् ।






















