काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

स्पेनिस ला लिगामा बार्सिलोना पाँच-शून्यले विजयी, मेस्सीको ह्याट्रिक

10.33K
shares

स्पेनिस ला लिगामा बार्सिलोनाले लेभान्टेमाथि पाँच-शून्य गोलको जित निकालेको छ । बार्सिलोनाको जितमा लियोनल मेस्सीले ह्याट्रिक गरे ।

भ्यालेन्सियामा भएको खेलमा ३५औं मिनेटमा लुइस स्वारेजले मेस्सीको पासमा गोल गर्दै टिमलाई अग्रता दिलाए । त्यसपछि ४३औं मिनेटमा लियोनल मेस्सी गोल गर्दै टिमको अग्रता दुई शून्यमा पुर्‍याए ।

बार्सिलोनाले दोस्रो हाफमा तीन गोल थप्यो । ४७औं मिनेटमा मेस्सीले गोल गरे । ६०औं मिनेटमा अर्टुरो भिडालको पासमा मेस्सीले ह्याट्रिक पूरा गर्दा टिमको अग्रता चार–शून्य पुग्यो । ला लिगामा मेस्सीको यो ३१औं ह्याट्रिक हो । खेलको ८८ औं मिनेटमा जेरार्ड पिकेले गोल गर्दै टिमलाई पाँच–शून्यको जित दिलाए ।

जितसँगै शीर्षस्थानमा रहेको बार्सिलोनाको ३४ र सेभियाको ३१ अंक भएको छ ।