काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

अठार दिनदेखि बेपत्ता एक व्यक्ति मृत फेला

13.84K
shares

बेपत्ता बैतडीको दशरथचन्द नगरपालिका–३, हल्लेकका ४५ वर्षीय लक्षिराम लावड आइतबार मृत फेला परेका छन् । गत मंसिर १२ गते घरबाटै बेपत्ता भएका लावड १८ दिनपछि घरनजिकैको इरानखोलामा मृत फेलापरेका हुन् ।

स्थानीय बासिन्दाले लावडको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव कुहिएको अवस्थामा रहेकाले केही दिनअगाडि नै मृत्यु भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिए । मानसिक सन्तुलन ठिक नरहेका लावड बेपत्ता भएपछि आफन्तले खोजी गरिदिन प्रहरीमा निवेदन दिएका थिए ।

लावडको शव पुरै कुहिएको अवस्थामा रहेकोले परीक्षण नगरी आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।