काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

एक वर्षमै देशमा ठूलो परिवर्तन आउँछ : प्रचण्ड

11.07K
shares

नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको एक वर्षमै देशमा ठूलो परिवर्तन आउने बताएका छन् । सरकारले विकास निर्माण, सुशासनलगायतका क्षेत्रमा योजनाबद्ध ढंगले काम अघि बढाइरहेको भन्दै प्रचण्डले नतिजा आउन अब एक वर्ष लाग्ने भन्दै कार्यकर्तालाई आश्वस्त पारे ।

सरकारले सामाजिक सुरक्षा योजनासँगै धेरै राम्रा उपलब्धि हासिल गरेको स्मरण गराउँदै अध्यक्ष दाहालले अबको पाँच वर्षमा प्रत्येक नागरिकले समृद्धि महसुस गर्ने स्पष्ट पारे । सरकारको आलोचना गर्नेलाई पाँच वर्षमा हुने परिवर्तनबाट जवाफ स्वतः मिल्ने उनको भनाइ छ ।

पाल्पाको रामपुरमा कार्यकर्तासँगको भेटका क्रममा उनले नेपालमा भएका केही राजनीतिक परिवर्तन विश्वमै उदाहरणीय रहेको बताए । ‘विस्तृत शान्ति सम्झौता, संविधान निर्माण, नयाँ संविधानअनुसार तीन तहको निर्वाचन, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता र दुई तिहाईको सरकार निर्माण नेपालका लागि महत्वपूर्ण फड्को हो,’ प्रचण्डले भने ।

सरकारको काम गराइ र विकास निर्माणबीच कुनै तादात्म्यता नदेखिएपछि जनतामा चरम निरासा बढ्दै गएको छ । कार्यकर्तासमेत निराश बन्न थालेपछि यतिखेर सत्तारूढ नेकपाका नेताहरूका साथै प्रधानमन्त्री, मन्त्रीहरू सरकारको बचाउ तथा कार्यकर्ताको मनोबल उकास्ने गरी कुरा गर्न थालेका छन् ।