लिभरपुल इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा
वि.सं.२०७५ पुस २ सोमवार १२:३९
shares

म्यानचेस्टर युनाइटेडलाई हराउँदै लिभरपुल इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा चिरप्रतिद्वन्द्वी टिम म्यानचेस्टर युनाइटेडलाई तीन–एक गोलअन्तरले हराउँदै लिभरपुल शीर्षस्थानमा उक्लिएको हो ।
लिभरपुलको जितमा जेर्दान सकिरीले दुई गोल गरे । खेलको २४ औं मिनेटमा साडियो मानेको गोलमार्फत लिभरपुलले खेलमा अग्रता लिएको थियो तर ३३औं मिनेटमै लिंगार्डले बराबरी गोल गरेपछि खेल रोमाञ्चक बनेको थियो ।
तर, खेल सकिन २० मिनेट बाँकी हुँदा मैदान प्रवेश गरेका साकिरीले ७३औं र ८०औं मिनेटमा गोल गर्दै टिमलार्इ जित दिलाए । जितसँगै लिभरपुल म्यानचेस्टर सिटीलाई पछि पार्दै लिगको शीर्ष स्थानमा उक्लिएको हो । १७ खेलबाट सिटीको ४४ अंक छ भने लिभरपुलको ४५ अंक पुगेको छ ।

























