काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

कांग्रेस महासमिति बैठक : हिन्दु राष्ट्रका पक्षमा हस्ताक्षर अभियान

21.84K
shares

शनिबारदेखि सुरु प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको महासमिति बैठक बाहिर हिन्दु राष्ट्रको पक्षमा हस्ताक्षर अभियान सञ्चालन गरिएको छ । वैदिक सनातन हिन्दुराष्ट्र निर्माणका लागि भन्दै महासमितिको बैठक बाहिर हिन्दु हस्ताक्षर अभियान सञ्चालन गरिएको हो । हस्ताक्षर अभियानमा पूर्वसभामुख तारानाथ रानाभाटदेखि केन्द्रीय समितिका नेताहरुले पनि साथ दिएका छन् ।

महासमिति सदस्य राजुराज जोशीले हिन्दु राष्ट्रको पक्षमा करिब साढे पाँच सय महासमिति सदस्यले हस्ताक्षर गरेको जानकारी दिए । हिन्दु राष्ट्रको पक्षमा जनमत सङ्ग्रह हुनुपर्ने व्यवस्था कांग्रेसको दस्तावेजमा गराउने उद्देश्यले हस्ताक्षर चलाइएको हो । हिन्दु राष्ट्रको पक्षमा उभिन कांग्रेस नेतृत्वलाई चर्को दबाब परेको देखिएको छ । अन्य शीर्ष नेताहरुले अहिले यो विषयमा बहस गर्न चाहेका छैनन् । तर, महामन्त्री शशांक कोइरालालगायतका नेताले यसबारे पार्टीलाई आधिकारिक र ठोस धारणा बनाउनुपर्ने बताएका छन् । यसमा भने कोइरालालाई सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्ण सिटौला पक्षका नेताहरुले पनि समर्थन गरेका छन् ।

‘गुट र उपगुटले पार्टीलाई बर्बाद गर्यो’
बैठकमा शीर्ष नेताहरुको चर्को आलोचना भएको छ । गुट र उपगुटमा लागेर सिंगो पार्टीलाई अस्तव्यस्त पारेको भन्दै सदस्यहरुले नेतृत्वको आलोचना गरेका हुन् ।

गुट र उपगुटको राजनीतिमा शीर्ष नेतृत्व व्यस्त रहँदा पार्टीमा सक्रिय महिला भविष्य संकटमा परेको भन्दै नेतृहरुले पनि बेलैमा सच्चिन शीर्ष नेताहरुलाई दबाब दिएका छन् ।

कञ्चनपुरका महसमिति सदस्य यज्ञराज जोशीले भने, ‘नेतृत्वको अरु कारणले आलोचना भएको छैन, खाली गुट चलाएको विषयमा बैठकमा आलोचना भएको छ, त्यसलाई सुधार्नुपर्छ भन्नेमा सबै सदस्यहरुको एकमत छ ।’

अधिकांश सदस्यले संसद्मा कांग्रेसको प्रतिपक्षीय भूमिका एकदमै कमजोर भएको र कांग्रेस कमजोर भए सरकारको मनपरि झन् बढ्ने बताएका छन् ।

अर्का महासमिति सदस्य भक्तराज कटुवाले विधान अझै बैठकमा पेश नभएकोप्रति आपत्ति जनाए । ‘मुख्य कुरा विधान हो, पार्टीभत्र सुधार आउन पहिला नेतृत्वको कार्यशैलीमा सुधार आउनुपर्छ । यस्तै, धनुषाका हरिनारायण साहले टिकट कसलाई दिने भन्ने विषयमा पार्टीमा मूल्याङ्कन हुनुपर्ने र मधेसी, महिला, दलित, जनजाति, अपाङ्गता भएका, मुस्लिम सबैको प्रतिनिधित्व विधानमा सुनिश्चित हुनुपर्ने सुझाव दिए ।

बैठकमा महिला नेत्रीहरूले पार्टीको सबै संरचनामा महिलाको प्रतिनिधित्व ५० प्रतिशत पु¥याउन दबाब दिएका छन् । त्यति मात्र होइन नेत्रीहरुले पार्टीको सभापति र उपसभापतिमध्ये एक महिला हुनैपर्ने अडान पनि राखेका छन् ।

तत्कालीन सभापति सुशील कोइरालाको नेतृत्वमा जारी संविधानमा राष्ट्रपति र उपराष्ट्रपति, सभामुख र उपसभामुख फरक लिङ्गको हुनुपर्ने व्यवस्था कार्यान्वयनमा आएकाले लोकतान्त्रिक कांग्रेसले त्यो प्रावधानलाई विधानमा समावेश गर्नुपर्ने सुझाव उनीहरुको छ ।

संविधानले हरेक राजनीतिक दलको कार्यकारिणीमा तलदेखि माथिसम्म महिलाको प्रतिनिधित्व ३३ प्रतिशत सुनिश्चित गरेको छ । सो प्रावधान कांग्रेसको विधानमा समावेश हुने निश्चित भए पनि पदाधिकारीमा महिलाको प्रतिनिधित्व सुनिश्चित गर्न महिला नेत्रीहरु लागि परेको जानकारी सुनसरीका महासमिति सदस्य अनु गुरुङले दिईन् ।

रोल्पाबाट आएकी महासमिति सदस्य तिजा विष्ट क्षेत्रीले पार्टीको व्यानरमा पुरुष नेताहरुको मात्रै तस्बिर राखेको भन्दै असन्तुष्टि जनाईन् । ‘नेपाली महिला आन्दोलनको अगुवाइ गर्नुभएका महिला नेत्रीहरु स्वर्गीय मङ्गलादेवी सिंह र शैलजा आचार्यको तस्बिर ब्यानरमा राख्नुपर्यो,’ उनले भनिन् ।

राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघबाट प्रतिनिधित्व गर्नुभएका महासमिति सदस्य भोजराज श्रेष्ठले महिला, दलित, आदिवासी जनजातिजस्तै अपाङ्गता भएका व्यक्तिका लागि छुट्टै क्लस्टारको माग गरे । ‘अपाङ्गता त जुनसुकै जाति र धर्मको मानिस हुन सक्छ, यो चाहेर वा इच्छाले हुने विषय भएन, तसर्थ हालको प्रावधानलाई अझ फराकिलो बनाउनुपर्छ,’ उनको सुझाव छ ।