काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

उत्तर कोरिया र अमेरिकाबीच फेरि सुरु भयो लफडा

12.47K
shares

उत्तर कोरियाले आफ्ना अधिकारीहरूमाथि नयाँ प्रतिबन्ध लगाउने अमेरिकी ट्रम्प प्रशासनको कदमको भर्त्सना गरेको छ । त्यसले स्थायी रूपमा परमाणु अस्त्र निश्शस्त्रीकरण प्रभावित हुने चेतावनी समेत उत्तर कोरियाले दिएको बीबीसीले उल्लेख गरेको छ ।

उत्तर कोरियामा प्रेसमाथि प्रतिबन्ध लगाइएको, रेडियो संकेतहरू रोकिएको र विदेशी चलचित्र हेर्ने मानिसहरूलाई थुनिएको खबर बाहिरिएपछि अमेरिकाले तीन उत्तर कोरियाली अधिकारीमाथि प्रतिबन्ध लगाएको थियो ।

वासिङ्टनले नयाँ प्रतिबन्धको घोषणा गरेलगत्तै प्योङयाङले एक वक्तव्यमा यस्ता कदमले उत्तर कोरियालाई परमाणु कार्यक्रममा हेरफेर गर्न कुनै दबाव नदिने बताएको छ । अमेरिकी कदमका कारण ‘स्तब्ध र क्रुद्ध’ भएको उत्तरको प्रतिक्रिया छ ।
सिङ्गापुरमा भएको किम–ट्रम्प शिखर बैठकपछि उत्तर कोरियासँगको तनाव केही कम भएको अनुभव गरिए पनि त्यो स्थायी हुन सकेको छैन ।