काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

मलेसियाका यी दुई कम्पनीमा नेपाली कामदारमाथि श्रम शोषण

14.24K
shares

मलेसियाका लागि पुनः रोजगारी खुलाउने तयारी भइरहेका बेला नेपाली कामदारलाई त्यहाँका कम्पनीले श्रम शोषण गरिरहेको तथ्य बाहिर आएको छ । नेपाली कामदारको श्रम शोषण भइरहेको बेलायतस्थित ‘द गाडिर्यन’ पत्रिकाले खुलासा गरेको हो । पत्रिकाले जनाएअनुसार दुई ठूला पन्जा निर्माता कम्पनीहरुले नेपालीलाई पारिश्रमिकदेखि खाना र बस्नसम्ममा शोसण गरेको पाइएको छ ।
टप ग्लोभ र डब्लु आरपी एसिया प्यासिफिक नामका कम्पनीमा काम गर्ने नेपालीहरु यस्तो शोषणबाट पीडित पाइएको अनुसन्धानात्मक रिपोर्ट पत्रिकाले प्रकाशन गरेको छ ।

रिपोर्ट अनुसार ती कम्पनीहरूमा कार्यरत कामदारहरूलाई गैरकानूनी ढंगले धेरै समयसम्म काममा लगाइएको, पारिश्रमिक रोकिएको, होस्टल अव्यवस्थित भएको र मलेशियाली श्रम कानूनविपरित राहदानीहरू कब्जामा राखिएको लगायतका कामदारका अधिकारहरू हनन भएको पाइएको जनाइएको छ ।

बीबीसीका अनुसार पन्जा बनाउने र निर्यात गर्ने कम्पनीहरूमध्ये टप ग्लोब सबैभन्दा ठूलो कम्पनी मानिन्छ । उक्त कम्पनीका ४० वटा फ्याक्ट्रीहरू रहेका छन्, जहाँ हजारौं नेपाली लगायत विदेशी कामदारहरू कार्यरत छन् । उक्त कम्पनीबाट विश्वका विभिन्न मुलुकहरूमा पन्जा निर्यात हुने गरेको छ । तीमध्ये बेलायत पनि एक हो । रिपोर्टमा टप ग्लोभले बेलायतका सप्लाई चेन कम्पनी ’नेशनल हेल्थ सर्भिस’मार्फत बेलायतमा सप्लाई हुने गरेको उल्लेख छ ।

‘द गार्डियन’ले ती दुई पन्जा कारखानामा कार्यरत नेपाली र बंगलादेशी कामदारसँग अन्तर्वार्ता गरेपछि त्यहाँ कामदारको अधिकारको हनन भएको पाइएको आफ्नो रिपोर्टमा उल्लेख गरेको छ । तर, ती कम्पनीले भने रिपोर्ट झूट भएको दाबी गर्दै आरोपको खण्डन गरेका छन् ।