काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

माडीबासीको निःशुल्क दुर्घटना बिमा, शिखर इन्स्योरेन्ससँग सम्झौता हुँदै

10.52K
shares

चितवनको माडी नगरपालिकाले नगरबासीको बिमा योजना अघि बढाएको छ । नगरपालिकाले सबै नगरवासीका लागि पाँच लाख रूपैयाँबराबरको निःशुल्क दुर्घटना बिमा गर्ने भएको हो ।

जंगली जनावरको आक्रमण, बाढीलगायतका घटनाले बर्सेनि जनधनको क्षति बढ्न थालेपछि नगरपालिकाले बिमा कार्यक्रम अघि बढाएको जनाएको छ । त्यसका लागि नगरपालिकाले शिखर इन्स्योरेन्ससँग आइतबार सम्झौता गर्दै छ । माडी नगरपालिका र शिखर इन्स्योरेन्सबीच बिमा सम्झौताको कार्यविधि तयार भइसकेको नगर प्रमुख ठाकुरप्रसाद ढकालले जानकारी दिए ।

माडीमा वन्यजन्तुले बर्सेनि कृषिबालीमा क्षति पुर्याउने भएकाले बाली बिमा गर्ने तयारी पनि भइरहेको प्रमुख ढकालले बताए । यस्तै, राष्ट्रिय निकुञ्जका जनावरको आक्रमणबाट घरका अभिभावक (बाबु अथवा आमा) को मृत्यु भए उनका सन्तानलाई पाँच लाखको शैक्षिक कोष बनाउने तयारी पनि नगरपालिकाको छ ।