काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

जनकपुरमा अन्तर्राष्ट्रिय मैथिली सम्मेलन

9.07K
shares

जनकपुरमा अन्तर्राष्ट्रिय मैथिली सम्मेलन हुने भएको छ । प्रदेश सरकारले प्रदेशको भाषा, संस्कृति र पहिचानसहितको नाम र कामकाजी भाषाबारे निर्णय गर्न लागिरहेका बेला जनकपुरमा पुस ७ र ८ गते अन्तर्राष्ट्रिय सम्मेलन गर्न लागिएको हो ।

सम्मेलनको मैथिली भाषाका जानकार एवं प्राज्ञ रामभरोस कापडी भ्रमरले संयोजन गरेका छन् । नेपालमा नेपाली भाषापछि सबैभन्दा बढी मैथिली बोलिन्छ । मैथिली मातृभाषीको प्रतिष्ठा र उचित सम्मानका सम्मेलनको आयोजना गरिएको प्राज्ञ भ्रमरले जानकारी दिए । १६औं अन्तर्राष्ट्रिय सम्मेलनका अवसरमा नेपालमा चौथोपटक मैथिली सम्मेलनको आयोजना गरिँदै छ ।

खासगरी, प्रदेश २ मा बोलिने सम्पूर्ण मातृभाषाका साहित्य, कला र सांस्कृतिक विशेषतामाथि गहन छलफल र विमर्श गर्न सम्मेलन फलदायी हुने अपेक्षा गरिएको छ । सम्मेलनमा नेपाल र भारतका डेढ सयभन्दा बढी विशिष्ट व्यक्तिलाई आमन्त्रण गरिएको छ । सम्मेलनमा मैथली भाषाको उजागर, पहिचान र संरक्षण गर्न योगदान गर्ने व्यक्तिलाई मिथिला रत्न र मिथिला श्री सम्मानसमेत प्रदान गरिने कार्यक्रम संयोजक भ्रमरले जानकारी दिए ।

सम्मेलनका अवसरमा प्रभात फेरि, विचार गोष्ठी, कवि गोष्ठी र सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरी जनकपुर घोषणापत्र जारी गर्ने आयोजकले जनाएको छ । सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ ।