गृहपृष्ठ लोकन्थलीमा ढल भत्किएको ठाउँमा निजी कार पसेपछि
लोकन्थलीमा ढल भत्किएको ठाउँमा निजी कार पसेपछि
भक्तपुरको मध्यपुर ठिमी नगरपालिकास्थित लोकन्थलीमा बिहीबार बिहान ढल भत्किएको ठाउँमा निजी कार परेको छ । ढल भत्किएर सिमेन्टका ब्लकले छोपेको ठाउँमा कार पसेको हो । अगाडिको बायाँ चक्का ढलभित्र छिरेको कारलाई सशस्त्र प्रहरीको सहयोगमा उचालेर निकालिएको छ ।
राजधानीका ढल तथा सडक राम्ररी मर्मत नगर्दा थुप्रै दुर्घटना भइरहेका छन् । सवारी साधनदेखि सडकमा हिँड्ने यात्रुसमेत बारम्बार सडकका खाल्डा र ढलमा पर्ने गरेका छन् । तर, सडक मर्मतसम्भारमा सम्बन्धित निकायले बेवास्ता गर्ने गरेको छ ।
(तस्बिर ः न्युज कारोबार)
प्रकाशित समय : १८:२२ बजे

























