काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

लागू औषधसहित विराटनगरबाट एक जना पक्राउ

6.89K
shares

प्रहरीले विराटनगरबाट लागू औषधसहित एक जनालाई पक्राउ गरेको छ । विराटनगर–४ स्थित महेन्द्र चोकबाट बुधबार लागू औषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले सुनसरी धरान उप–महानगरपालिका–१५ का २२  वर्षिय विकाश साहलाई पक्राउ गरेको हो ।

साँझ साढे ५ बजेको समयमा शंकास्पद अवस्थामा हिडिरहेका साहलाई चेकजाँचको क्रममा लागू औषध एभिल ४० एम्पुल, डाईजेल्याब ३९ एम्पुल र लुपिजेसिक ३८ एम्पुल फेला पारेको हो ।

बरामद लागू औषधसहित उनलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखी थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।