काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

विराट ट्रेड एक्स्पो : हेलिकप्टरबाट पाथिभराको यात्रा

9.02K
shares

विराटनगरमा आगामी शुक्रबारदेखि सुरु हुने विराट ट्रेड एक्स्पोमा हेलिकप्टर चढ्ने व्यवस्था पनि मिलाइने भएको छ । विराट ट्रेड एक्स्पोमा अघिल्लो वर्ष झैं यस पटक पनि हेलिसिटी टुर समावेश गरिएसँगै दर्शकले साढे ६ हजारमै हेलिकप्टरमार्फत  विराटनगर आसपास उडानको आनन्द लिन पाउने भएका हुन् ।

मोरङ व्यापार संघको आयोजनामा विराटनगरमा हुने विराट ट्रेड एक्स्पोमा विराटनगरकै होटल एसियाटिकसँगको सहकार्यमा हेलिसिटी टुर समावेश गरिएको आयोजक समितिका संयोजक अनुपम राठीले जानकारी दिए ।

‘एक्स्पोलाई नयाँपन दिन पनि हेलिसिटी टुर राखिएको हो,’ उनले भने । आयोजकले दुईवटा डायनोसरको प्रतिमा पनि एक्स्पोमा राख्दैछ । हेलिसिटी टुर गराउने निश्चित भएको होटल एसियाटिकका प्रबन्ध निर्देशक पुण्य भट्टराईले बताए ।

यसअघि उद्योग संगठन मोरङले आयोजना गरेको अन्तर्राष्ट्रिय औद्योगिक तथा व्यापार मेलामा पनि हेलिसिटी टुर समावेश गरिएको थियो । हेलिसिटी टुर पनि राख्न गर्न चौतर्फी माग आएपछि समावेश गरिएको संघका अध्यक्ष पवनकुमार सारडाले बताए ।