काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

विराटनगरमा अन्तर्राष्ट्रियस्तरको वर्डप्रेस सम्मेलन

9.8K
shares

प्रविधिको प्रयोग विस्तार गर्ने उद्देश्यले विराटनगरमा अन्तर्राष्ट्रियस्तरको एकदिने वर्डप्रेस सम्मेलन हुने भएको छ । आयोजक समितिले विराटनगरमा पत्रकार सम्मेलन गरी यही पुस ७ गते शनिबार सम्मेलन हुने जानकारी दिएको हो ।

संसारको सबैभन्दा प्रख्यात वेबसाइट बनाउने वर्डप्रेस सम्मेलनमा प्रविधिसम्बन्धी चर्चा र प्रशिक्षणलगायतका कार्यक्रम हुने जनाइएको छ । पत्रकार सम्मेलनमा  कार्यक्रम संयोजक गंगा काफ्लेले प्रविधिसम्बन्धी महामेलाका रुपमा लिइने कार्यक्रम काठमाडौं बाहिर दोश्रो पटक हुन लागेको बताए ।

उनले सम्मेलनमा विश्वभरिका २२ भन्दा बढी देशका आइटीसम्बन्धी विज्ञको सहभागिता हुने जानकारी दिए । आइटी विज्ञ एवम् आयोजक समितिका सदस्य पर्वतराज झाले कार्यक्रम आयोजनाले विराटनगरलाई प्रविधिमार्फत विश्वसामु चिनाउनुका साथै प्रविधिमा लगानी गर्ने वातावरणको विकास हुने बताए ।

४ सय बढीको सहभागिता रहने कार्यक्रम विश्वस्तरीय हुने आयोजक समितिले जनाएको छ । कार्यक्रममा एकदर्जन भन्दा बढी देशबाट आउने विज्ञहरुले वर्डप्रेस सम्बन्धी कार्यपत्र प्रस्तुत गर्ने तालिका छ ।

यस्तै सामाजिक कार्य गरिरहेका विभिन्न संस्थाहरुको वेबसाइट बनाएर निःशुल्क हस्तान्तरण गर्ने र प्रदेश सञ्चालन भइरहेका विभिन्न स्टार्ट अप कम्पनीहरुको सामूहिक उद्घाटन समेत हुने जनाइएको छ । कार्यक्रममा जेटप्याक, बुकमर्स, ब्लुहोस्ट, गोड्याडी, सफ्टवेरीका कलेज, पाइला टेक्नोलोजीजसहित रारा थिम लगायतको सहभागिता रहने छ ।