काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

पत्रकार महासंघको राष्ट्रिय सम्मेलन विराटनगरमा सुरु

8.88K
shares

व्यवसायिक पत्रकारिताको आधार, प्रेश स्वतन्त्रता र श्रम अधिकार भन्ने नाराका साथ नेपाल पत्रकार महासंघको राष्ट्रिय सम्मेलन विराटनगरमा बिहीबारबाट सुरु भएको छ । सम्मेलनको प्रदेश-१ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरे ।

सम्मेलनमा नेपाल पत्रकार महासंघका पदाधिकारी, महासंघ प्रदेश तथा जिल्ला सभापति गरी दुईसय भन्दा वढिको सहभागिता छ । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आयोजना र नेपाल पत्रकार महासंघ प्रदेश-१ को सहयोगमा सम्मेलन आयोजना भएको हो ।

सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री राईले प्रदेश सरकार पूर्णरूपमा प्रेसमैत्री रहेको बताए । उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न प्रेस जगतले पनि मर्यादित भएर कलम चलाउनुपर्नेमा जोड दिए ।

राईले संघीयता नेपालका लागि नयाँ अभ्यास भएकाले नयाँ प्रणाली कार्यान्वयनमा केही अल्मलीनु समान्य भएको बताए । त्यसलाई स्वाभिक रुपमा लिनुपर्ने उनको भनाई थियो । मुख्यमन्त्री राईले विभिन्न वहानमा संघीयतामाथि आक्रमण गर्ने प्रयास भइरहेकाले त्यो सफल नहुने दावी गरे ।

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री हिकमत कार्कीले प्रेस स्वतन्त्रताको बारेमा सञ्चारकर्मीको पनि एउटै धारणा हुनुपर्ने बताए । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यको अध्यक्षतामा भएको सम्मेलनमा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष शिव गाउँले, प्रेश युनियनका अध्यक्ष वद्री सिग्देल, प्रेस चौतारीका अध्यक्ष गणेश वस्नेत, न्युनतम पारिश्रमिक निर्धारण समिति अध्यक्ष गंगाधर पराजुली, पत्रकार महासंघ एक नम्बर प्रदेश अध्यक्ष विक्रम लुइटेल, नेपाल पत्रकार महासंघ मोरङ अध्यक्ष बन्धु पोखरेलले व्यवसायिक पत्रकारिताका लागि सुद्धिकरण तथा सुदृढिकरण आवश्यक रहेकोमा जोड दिए ।

सम्मेलनको बन्दसत्रमा प्रेसको समस्या र आगामी रणनीति लगायतका विषयमा छलफल हुनेछ । सम्मेलनले भोली विराटनगर घोषणा पत्र जारी गर्ने जनाइएको छ ।