काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

एक्यापमा अर्को युवा समूहले लगायो ताला

9.33K
shares

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को कार्यालयमा फेरि तालाबन्दी भएको छ । एक्यापले सास्ती दिएको भन्दै स्थानीय युवाको समूहले बुधबार वीरेठाँटीको चेकपोस्ट रहेको कार्यालयमा तालाबन्दी गरेका हुन् ।

प्राकृतिक स्रोत तथा साधन प्रयोग गर्दा स्थानीयलाई चर्को शुल्क लिने गरेको विरोधमा एक्यापमा तालाबन्दी गर्नुपरेको विष्णु गुरुङले बताए । ‘हामीले आफ्नो चार किल्लाभित्रको रुख काटेर घर बनाउँदा पनि एक्यापलाई शुल्क तिर्नुपर्छ, एक्यापले यो क्षेत्रबाट संकलन गरेको राजस्व हाम्रो क्षेत्रको पूर्वाधार विकासमा लगानी गरेको छैन, एक्याप आएर हामीलाई फाइदा हुनुभन्दा पनि सास्ती भएको महसुस भएको छ,’ उनले भने ।

एक्यापले नेपाली पर्यटकसँग शुल्क नलिने भएपछि वीरेठाँटीको चेकपोस्ट रहेको एक्यापको कार्यालयमा लगाएको ताला शनिबार खुलेको थियो । नेपाली पर्यटकसँग शुल्क लिएको विरोधमा अन्नपूर्ण गाउँपालिका–६ देखि ११ सम्मका वडाबासीले मंसिर २३ गते एक्यापमा ताला लगाएका थिए ।

स्थानीय टेकबहादुर गुरुङको संयोजकत्वमा गठित संघर्ष समिति र एक्यापबीच भएको वार्ता सहमतिमा पुगेपछि ताला खुले पनि सहमतिबारे जानकारी नभएको भन्दै युवाहरुको अर्को समूहले एक्यापमा ताला लगाएको हो । सरकारले गरेको निर्णयविरुद्ध स्थानीय आन्दोलित हुँदै एक्यापमा तालाबन्दी गरेपछि एक्याप प्रवेशमा नेपालीलाई शुल्क नलिने सहमति भएको छ ।

तर, सो विषयमा क्याबिनेटबाटै निर्णय गर्नुपर्ने भएकाले सहमतिको ड्राफ्ट काठमाडौं पठाउने तयारी भइरहेका बेला फेरि ताला लागेको एक्याप पोखराका प्रमुख राजकुमार गुरुङले जानकारी दिए । निजी प्राकृतिक स्रोत तथा साधनमाथि स्थानीयले भनेझैं प्रयोग गरेबापत कुनै शुल्क नलाग्ने उनले प्रस्ट पारे । आर्थिक वर्ष २०७२÷७३ मा एक्याप क्षेत्रमा होटल व्यवसाय सञ्चालन गरेबापतको केही दस्तुरबाहेक अन्य कुनै प्रकारको शुल्क नलाग्ने सहमति भएको प्रमुख गुरुङले जनाए ।