काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

विपन्न विद्यार्थी र रोगीलाई सहयोग गर्न १७ लाखको अक्षय कोष

11.63K
shares

विपन्न विद्यार्थी र रोगी व्यक्तिलाई सहयोग गर्ने उद्देश्यले विराटनगरमा १७ लाखको अक्षयकोष स्थापना गरिएको छ । गौतम सेवा समितिको अगुवाइमा ‘भीष्मराज–हेमकला अक्षयकोष’ स्थापना गरिएको हो ।

धान्य पूर्णिमाको अवसरमा गौतम सेवा समितिले प्रत्येक वर्ष आयोजना गर्दै आएको विविध कार्यक्रमका बीच सो अक्षयकोष स्थापना गरिएको छ । समाजसेवी भीष्मराज गौतमले कोष स्थापना गर्न आर्थिक सहयोगस्वरुप १७ लाख रकमको चेक गौतम सेवा समितिका अध्यक्ष रमादेवी गौतमलाई हस्तान्तरण गरे ।

विपन्न तथा मेधावी विद्यार्थी र विपन्नताकै कारण उपचार गराउन नसकेका व्यक्तिलाई आवश्यकताका आधारमा सहयोग गर्ने उद्देश्यले अक्षयकोष स्थापना गरिएको समितिका सदस्य सुभाष गौतमले जानकारी दिए । यसैबीच, कार्यक्रममा नौजना जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । विराटनगरमा बसोबास गर्ने विभिन्न वडाका ८० वर्षमाथिका जेष्ठ नागरिकलाई दोसल्ला र फूलमालाले सम्मान गरिएको आयोजक समितिले जनाएको छ ।