काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

अपेक्षा गरिएजस्तो किन भएन नेकपा बैठक ?

14.53K
shares

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकले आन्तरिक विवाद सुल्झाउने अपेक्षा गरिए पनि अन्तिम चरणमा पुग्दा नेताहरुबीच असन्तुष्टिको तुस मेटिन सकेको छैन ।

मङ्सिर २९ देखि जारी बैठकमा विवाद समाधानसँगै पार्टी एकताका बाँकी काम टुङ्ग्याउने र सरकारका कामको समीक्षा गरेर जनपक्षीय काम गर्न लगाउने निर्णयको अपेक्षा भए पनि त्यसो नभएपछि असन्तुष्टिको तुस मेटिन नसकेको हो । स्थायी कमिटीको  बैठकपछि पनि नेकपाको आन्तरिक झगडा अन्त्य हुने सम्भावना कम रहेको धेरैले विश्लेषण गरेका छन् ।

यसको असर नेकपाको आन्तरिक जीवन र सरकार सञ्चालनमा पर्ने अनुमान छ । बैठकमा सबैभन्दा बढी आलोचना पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीको भएको छ । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्रीका रूपमा ओलीको कार्यशैली र सरकारको कामलाई लिएर उनको बढी आलोचना भएपछि ओली मात्र नभई उनी निकटका अरु केही नेताहरु समेत आलोचना गर्ने नेताविरुद्ध खनिएका छन् ।

बैठकमा देखिएको आक्रोस र आरोप प्रत्यारोपको श्रृंखलाले विवाद समाधान भन्दा जटिलतातर्फ लैजाने खतरा रहेको धेरैले आँकलन गरेका छन् ।

हालसम्मको अवस्थामा आम नेता–कार्यकर्ताले अपेक्षा गरेजस्तो स्थायी कमिटी बैठकको तस्बिर नदेखिएको नेकपाकै नेताहरुको टिप्पणी छ । ‘स्थायी कमिटीमा विवाद सुल्झिनुको सट्टा थप बल्झिँदै गएको छ । एक पक्षले तीब्र विरोध गर्ने र अर्को पक्षले बचाउ गर्दै आएका छन्, यसले गुटले संस्थागत रूपमै प्रवेश पाएको जस्तो देखियो,’  स्थायी कमिटी सदस्यहरु नै टिप्पणी गर्छन् ।

 

कस्ले के आरोप लगाए ?

बैठकको पहिलो दिन अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदन पेश भएको थियो । उक्त प्रतिवेदनमा मौखिक र लिखित रूपमै फरक मतको चाङ लागेपछि जवाफको लागि अध्यक्षद्वयले बैठक तीन दिन पर धकेलेका छन् ।

बैठकमा नेताहरु बामदेव गौतमसहित भीम रावल र हरिबोल गजुरलले लिखित असहमति पेश गरेका थिए । प्रदेश कमिटीको पदाधिकारी चयनमा असहमति राख्दै आएका वरिष्ठ नेता माधव नेपालले पार्टी सञ्चालनदेखि सरकार सञ्चालनसम्मका गुनासा र आरोप राखेका छन् ।

अर्का नेता गौतमले अहिलेकै हिसाबमा सरकार चल्ने हो भने आर्के निर्वाचनमा गम्भीर धक्का व्यहोर्नुपर्ने टिप्पणी गरेका थिए । साथै दुई अध्यक्षमध्ये एकले पार्टी र अर्कोले सरकार सञ्चालन गर्नुपर्ने माग समेत बैठकमा उठेको थियो ।

अर्का नेता रावलले सरकारले क्रिस्चियन धर्म प्रचार गरेको आरोप लगाउँदै सरकारका अरु कामसमेत चित्त बुझ्दो नभएको भन्दै आलालेचना गरेका थिए । बैठकमा घनश्याम भुसाल, योगेश भट्टराई, अष्टलक्ष्मी शाक्य, रघुजी पन्त, वेदुराम भुसालले पार्टी र सरकार सञ्चालन पद्धति गुटगत शैलीको भएको भन्दै आक्रोश पोखेका छन् ।

उनीहरूकै शैली पछ्याउँदै पूर्वमाओबादी नेताहरु अग्नि सापकोटा, गणेश शाह, टोपबहादुर रायमाझी, अमिक शेरचन, लेखराज भट्टलगायतले पनि विधि, प्रक्रिया र मापदण्डका आधारमा पार्टी सञ्चालन नभएको भन्दै गुनासो गरेपछि बैठकमा सबैतिरबाट असन्तुष्टिहरु पोखिएको हो ।

 

बैठक किन धकेलियो ?

नेतृत्वले विधान र प्रक्रिया अनुसार पार्टीका बैठक र छलफल गराउन नसकेको भन्दै जवाफ माग भएपछि बैठक तीन दिन पर धकेलिएको छ । ५ महिनापछि बसेको स्थायी कमिटी बैठकमा नेताहरुको आक्रोशले एकाएक तरङ्ग ल्याइदिएपछि विवाद तत्काल मत्थर हुन सकेको छैन । केही दिन बैठक स्थगीत गर्दा नेताहरुको आक्रोश केही मत्थर हुने आँकलन सहित बैठक सारिएको ओलीइतर पक्षको बुझाई छ ।

नेता नेपाललगायतका स्थायी कमिटी सदस्यहरुले विधानमै असहमति जनाएपछि त्यसमा सहमति खोज्न तीन दिन पर धकेलिएको पनि हुन सक्ने केहीको बुझाई छ । शीर्ष नेताहरूकै मत बाझिएपछि सहमतिको प्रयासमा बैठक स्थगित गरिएको हुन सक्ने सदस्यहरुले अनुमान लगाएका छन् ।

‘बैठकमा उठेका प्रश्नहरु तथा परिमार्जन गर्नुपर्ने राजनीतिक प्रतिवेदनलगायतका विषयमा गृहकार्य गर्न बैठक स्थगीत भएको पनि हुनसक्छ,’ स्थायी कमिटी सदस्य गणेश साह भन्छन् ।

 

नेतृत्व सुध्रिएला ?

बैठकमा विवाद देखिए पनि समाधान त्यहीँबाट निश्कने महासचिव विष्ण पौडेलले बताएका छन् । सरकार र पार्टी तुलनात्ममक रुपमा राम्रो रहेको उनको दावी छ ।

पार्टी र सरकारलाई अझै राम्रो बनाउन कमी कमजोरी सुधार्ने जिम्मा आफूहरुको भएको पौडेलको भनाई छ । महासचिव पौडेलले बैठकमा लिखित धारणा राख्दै असन्तुष्ट पक्षको जवाफ दिँदै भनेका छन्, ‘खोजेको समाज र भोगेको समाज उस्तै हुँदैन । त्यसै गरी खोजेको सरकार र भोगेको सरकार, खोजेको पार्टी र भोगेको पार्टी पनि उस्तै हुँदैन । धेरै राम्रोको खोजी हुन्छ । तर, राम्रोमा चित्त बुझाउनुपर्छ । धेरै राम्रोका लागि प्रयास गर्दा राम्रो प्राप्त हुन्छ ।’