काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

प्रदेश-२ : बिजनेश अभावका कारण २० दिनदेखि अन्यौलमा प्रदेशसभा

12.37K
shares

विजनेश अभावका कारण प्रदेश-२ को प्रदेशसभाको बैठक २० दिनदेखि अन्यौलमा रहेको छ । प्रदेशसभाको बैठक कहिले बस्ने सम्बन्धमा प्रदेशसभा सदस्यहरु स्वयं पनि अनविज्ञता प्रकट गरिरहेका छन् ।

मंसिर १९ गते बैठक बसेर स्थगित भएको प्रदेशसभाको बैठकमा विजनेश अभावका कारण अन्यौलता देखिएको छ । सदनमा विधेयक ल्याएर कानुनहरु निर्माण गर्नुपर्ने समयमा प्रदेश सरकार विधेयक नै तयार पार्न नसकेको प्रतिपक्षी दलका नेताहरुको आरोप छ ।

विजनेश नै नभएपछि प्रदेशसभाको दोस्रो अधिवेशन अन्त्य गर्न प्रतिपक्षी दलका नेताहरुले सरकारलाई सुझाएका छन् । कार्यव्यवस्था परामर्श समितिको बैठकमा समेत कतिपय सदस्यहरुले सदनमा प्रस्तुत गर्न विधेयक नभएकोले अधिवेशन अन्त्यको घोषणा गर्न सरकारलाई सुझाव दिइसकेको बताइएको छ ।

प्रदेश २ का सभामुख सरोज यादवले पनि सरकार समक्ष विधेयक अभाव रहेकोले प्रदेशसभा बैठक चल्न नसकेको बताउँछन् । संघीय सरकारले समयमा कानुन नबनाइ दिँदा समेत समस्या देखिएको उनको भनाइ छ । तर संघीय सरकारले कानुन बनाउन ढिलाइ गरेकै कारण प्रदेश सरकार कुरेर बस्न नहुने सभामुख यादवले बताए ।

आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले सरकारका मन्त्रीहरु आफू सम्वद्ध संघीय सरकारका मन्त्रीहरुसँग छलफल र परामर्शमा व्यस्त रहेकोले विधेयक आउन नसकेको जानकारी दिएका छन् । सरकारसँग पर्याप्त विधेयकहरु तयार अवस्थामा रहेको भन्दै मन्त्री यादवले एक हप्ताभित्र प्रदेशसभा बैठक बस्ने दाबी गरेका छन ।

नेपाली कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले विधेयक ल्याउन सरकार असक्षम भएको आरोप लगाएका छन् । विधेयक ल्याउन सरकारलाई पटक पटक आग्रह गर्दा समेत चासो नदेखाएको यादवले बताएका छन ।

नेकपाका सांसद रामचन्द्र मण्डल भ्रष्टाचारमा लिप्त सरकारलाई प्रदेशसभा बैठकको खासै चासो नरहेको आरोप लगाएका छन । प्रदेश प्रहरी ऐन र करारमा कर्मचारी भर्नाजस्ता विधेयक ल्याएर प्रदेश सरकारले संघीय सरकारसँग सम्बन्ध बिगार्ने काम भई रहेको संसद मंडलको आरोप छ ।