डेरी एसोसिएसनको वार्षिकोत्सव कर्णालीमा
वि.सं.२०७५ पुस १३ शुक्रवार १९:४०
shares

नेपाल डेरी एसोसिएसनको २० औं वार्षिक साधारणसभा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा हुने भएको छ । आगामी पुस १४ गते शनिबार हुने उक्त साधारणसभामा ७७ जिल्ला तथा ७ प्रदेशका डेरी व्यवसायीको सहभागिता रहने आयोजकले जनाएको छ ।
एसोसिएसनले बिहीबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलनको आयोजना गरी यसको जानकारी दिएको हो । कार्यक्रममा नेपाल डेरी एसोसिएसनका महासचिव प्रल्हाद दाहालले कर्णाली प्रदेशमा व्यावसायिक पशुपालनलाई प्रोत्साहन गर्ने उद्देश्यले साधारणसभा कर्णाली केन्द्रित गरिएको बताए ।

























