आगलागी पीडितलाई राहत जुटाउदै छन् सुर्खेतबासी
वि.सं.२०७५ पुस १३ शुक्रवार १९:३१
shares

कालीकोटको पलाता गाउँपालिकास्थित आगलागी पिडितहरुका लागी सुर्खेतमा राहत संकलनका सुरु भएको छ । विभिन्न संघसंस्था तथा विद्यार्थीहरुले आगलागी पीडितका लागि राहत संकलन गर्दै आएका हुन् ।
सुर्खेत उद्योग वाणिज्य संघ, इगरब्रिज माध्यामिक विद्यालय तथा मध्यपश्चिमाञ्चल विश्वविद्यालयका विद्यार्थीहरु लगायतले राहत संकलन गर्दै आएका छन् ।
सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावतले मानवीय भावनाले आफूहरुले राहत संकलन गर्न थालेको बताए । संघले बिहिबार मात्रै ८० हजार नगद तथा केही खाद्यनन्न, कपडा तथा भाँडाहरु संकलन गरेको उनले जानकारी दिए ।

























