वरिष्ठ लोक गायक बुद्धिकृष्ण लामिछानेको निधन
वि.सं.२०७५ पुस १३ शुक्रवार २०:४२
shares

वरिष्ठ लोक गायक तथा लोक गीत सङ्कलक बुद्धिकृष्ण लामिछानेको निधन भएको छ । ६६ वर्षको उमेरमा शुक्रबार उनको निधन भएको भतिजा नवराज लामिछानेले जानकारी दिए । भक्तपुरको चागुनारायण नगपालिकामा बस्दै आएका लामिछाने लामो समयदेखि अस्वस्थ थिए ।
उनले लोक गायकको रुपमा लामो समयसम्म रेडियो नेपालमा योगदान दिएका छन् । उनले हिजो आजका कुरा, तितो सत्य लगायतका नेपाली टेलिशृङ्खलाहरुमा पनि अतिथी कलाकार भूमिका निर्वाह गरेका छन् ।
उनले नेपाली सेनामा पनि योगदान दिएका थिए । लामिछानेको ‘घाँस काट्ने खुर्केर, आयो जोवन हुर्केर’, ‘पिँढीमा बसेर, मेरी आमा रुँदी हुन् मलाई सम्झेर’ जस्ता लोकप्रिय गीत गाएका थिए । ‘तिम्रो र मेरो मायाको डोरो बेरौं कि फन्फनी कान्छी बेरौं कि फन्फनी’ लगायतका गीत पनि उनकै हुन् ।
लामिछानेका २ छोरा, ३ छोरी र श्रीमती छन् । छोरीहरु विवाह गरेर कर्मघर गइसकेका छन् । भक्तपुरको बागेश्वरी स्थित लामिछानेको पुर्ख्यौली घरमा अहिले २ छोरा र उनकी धर्मपत्नी छिन् ।
यो पनि पढ्नुहोस् ।
राज्यले भुलेको एउटा ‘गहना’, ‘मलाई मर्न मन छैन, अझै केही गर्न मन छ’

























