काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

रकेट चुलोयुक्त गाउँ घोषणा

21.36K
shares

बागलुङको काँठेखोला गाउँपालिका–२ भीमापोखरा गाउँ जिल्लामै पहिलोपटक रकेट चुलोयुक्त गाउँ भएको छ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र ललितपुर र ऊर्जा केन्द्र नेपाल प्रालि बालाजुको सहयोगमा वडा कार्यालयले भीमापोखराका सबै घरधुरीलाई वातावरणीय ऊर्जा सञ्चित रकेट चुलो प्रदान गरेपछि भीमापोखरा रकेट चुलोयुक्त गाउँ घोषणा भएको हो ।

करीब ५८ लाखको लागतमा तयार गरिएका रकेट चुलो सबै घरधुरीलाई एक/एक वटा प्रदान गरिएको छ । चुलोले ऊर्जा खपत गर्नुका साथै वातावरणमैत्री धुवाँरहित समाज निर्माण गर्न सहयोग पुर्याउने ऊर्जा केन्द्र नेपाल प्रालिका बजार प्रबन्धक सूर्य गौतमले बताए ।

कूल लागतको ५० प्रतिशत रकम वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको सहयोग रहेको र बाँकी रकम कम्पनीले सहयोग गरेको वडाध्यक्ष विद्यापति शर्माले जानकारी दिए । भीमापोखरामा रहेका ९९१ परिवारलाई चुलो वितरण गरिएको छ । चुलो पाएपछि स्थानीय हर्षित भएका छन् । दाउराको कम खपतमै धेरै काम हुने र धुवाँसमेत कम हुने भएकाले चुलो पाउँदा खुशी लागेको स्थानीय प्रेम केसीले बताए ।
रासस