काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सन्दीपले बिग ब्यास लिगमा आज चौथो खेल खेल्दै

11.15K
shares

सन्दीप लामिछानेले बिग ब्यास लिग क्रिकेटमा आज चौथो खेल खेल्दै छन् । सन्दीप रहेको टिम मेलबर्न स्टार्सले मेलबर्न रिनेगाडेससँग प्रतिस्पर्धा गर्न लागेको हो । बिग ब्यासमा सन्दीपले यसअघिका तीनै खेल खेलिसकेका छन् ।

नेपाली समयअनुसार २ बजे मेलबर्न क्रिकेट मैदानमा खेल सुरु हुनेछ । सन्दीपले अहिलेसम्म तीन खेलबाट सात विकेट लिएका छन् ।

पहिलो खेलमा सिड्नी थन्डरविरुद्ध सन्दीपले दुई विकेट लिएका थिए भने दोस्रो खेलमा होबार्ट हुरिक्यानेसविरुद्ध तीन विकेट र तेस्रो खेलमा सिड्नी सिक्सर्सविरुद्ध दुई विकेट लिएका थिए ।

तीन खेलमध्ये दुई खेलमा जित र एक खेलमा हार ब्यहोरेको मेलबर्न रिनेगाडेसले चार अंक बनाएर लिगको दोस्रो स्थानमा छ ।