काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

पोखरामा बढे पर्यटक

15.92K
shares

नेपालमा १० लाख पर्यटक भित्रिएको तथ्यांक सार्वजनिक भएसँगै पोखरामा पनि गत वर्षको तुलनामा यस वर्ष पर्यटक आगमनमा वृद्धि भएको छ ।

पोखरामा व्यवस्थित ढंगले पर्यटकको अभिलेख तथा तथ्यांक राख्ने हालसम्म कुनै निकायले काम गर्न नसकेको अबस्थामा हवाई मार्ग हुँदै पोखरा आउने पर्यटकहरुको तथ्यांक राखेको पोखरा विमानस्थल कार्यालयले पोखरामा यस वर्ष पर्यटक आगमनमा वृद्धि भएको जनाएको छ ।

गत वर्षको तुलनामा यस वर्षको ११ महिनामै पोखरा आगमनमा १२ प्रतिशतले पर्यटकको सङख्यामा वृद्धि भएको नागरिक उडड्यन कार्यालय पोखराका सूचना अधिकारी काशीनाथ पौडेलले बताए । उनका अनुसार गत वर्षको तुलनामा यस अग्रेंजी वर्षको ११ महिनामा ११.७८ प्रतिशत अर्थात १९ हजार ४ सय ६२ जना पर्यटक पोखरा आएका हुन् ।

यस वर्ष ११ महिनामा भने ३ लाख  ८६ हजार ८ सय ५५ जना पर्यटकहरु हवाई उडानबाट पोखरा ओहोर दोहोर गरेको उनले जनाए । गत वर्ष अक्टुबर एकै महिनामा २८ हजार ६ सय ४७ विदेशी पर्यटक पोखरामा हवाई उडानबाट ओहोर दोहोर गरेका थिए भने जुलाईमा ४ हजार ९ सय ५१ जना विदेशी पर्यटक पोखरामा हवाई उडानबाट ओहोर दोहोर गरेका थिए ।

यस वर्ष अक्टुबरमा भने २९ हजार ६ सय २९ जना विदेशी पर्यटक पोखरामा हवाई उडानबाट ओहोर दोहोर गरेका छन् भने यस वर्षको जुलाईमा भने ४ हजार ६ सय ७९ जना विदेशी पर्यटकले पोखरामा हवाई उडानबाट ओहोर दोहोर गरेका हुन् ।

tourist in pokhara2

सन् २०१७ मा हवाई मार्ग हुँदै पोखरामा १ लाख ४५ हजार ६ सय ४५ जना पर्यटकहरु ओहोर दोहोर गरेका थिए । त्यसै गरी यस वर्षको ११ महिना जनवरीदेखि नोभेम्बरसम्म एक लाख ६५ हजार १ सय ७ जना पर्यटकहरु विमानबाट पोखरा भित्रिने तथा बाहिरिने गरेका हुन् ।

सन् २०१७ मा ३२ हजार १ सय ८ वटा हवाइई फ्लाईट भएको थियो भने यस वर्षको ११ महिनामै पोखरा विमानस्थलबाट ३८ हजार ६ सय ३५ वटा हवाई उडान भएको नागरिक उडड्यन कार्यालय पोखराले जनाएको छ ।

गत वर्ष उक्त सङख्यामा हवाई उडान हुँदा ४ लाख २९ हजार ८ सय ३५ जना विदेशी तथा स्वदेशी पर्यटकहरुले हवाई उडानबाट पोखरामा भित्रिने तथा बाहिरिने गरेका थिए । त्यस्तै यस वर्षको ११ महिनामा भने ५ लाख ५१ हजार ९ सय ६२ जना विदेशी तथा स्वदेशी पर्यटक हवाई उडानबाट पोखरामा भित्रिने तथा बाहिरिने गरेको कार्यालयले दिएको तथ्याङकमा उल्लेख छ ।

गत वर्षको तुलनामा यस वर्षको ११ महिनामा पोखरा भित्रिने तथा बाहिरिन विदेशी तथा स्वदेशी पर्यटक २२ प्रतिशत अर्थात् १ लाख २२ हजार १ सय २७ जना वृद्धि भएको छ । गत वर्षको तुलनामा यस वर्षको ११ महिनामा १७ प्रतिशत अर्थात ६ हजार ५ सय २७ वटा बढी हवाई उडान भएको हो ।

गत वर्षको तुलनामा २६.५ प्रतिशत अर्थात १ लाख २ हजार ६ सय ६५ जना स्वदेशी पर्यटकले पोखरा विमानस्थलमा ओहोर दोहोर गरेका छन् । गत वर्ष २ लाख ८४ हजार १ सय ९० जना स्वदेशी पर्यटकले हवाई उडानबाट पोखरा ओहोर दोहोर गरेका छन् ।

बुद्ध एयर, यति एयरलायन्स, सिम्रिक एयर, तारा एयर, नेपाल एयरलायन्सले पोखरा काठमाण्डौं, काठमाण्डौं पोखरा, पोखरा चितवन, चितवन पोखरा, पोखरा भैरहवा, भैरहवा पोखरा, पोखरा जोमोम, जोमोम पोखरा लगायतका ठाँउमा हवाई उडान गर्दै आएका छन् ।

त्यसै गरी पोखरामा पर्यटकलाई लक्षित गरी दृश्यावलोकनको लागि हेलिकोप्टर तथा अल्ट्रालाईट समेत सञ्चालन हुने गरेका छन् । नेपाल पर्यटन वोर्डले यस आर्थिक वर्ष सन २०१८ को ११ महिनामा १० लाख पर्यटक भित्रिएको दाबी गरी राख्दा पोखरामा पनि पर्यटकको सङख्यामा वृद्धि भए पनि हवाई उडानबाहेक सडक मार्ग हुँदै पोखरा आउने तथा पैदलबाट पोखरा भित्रिने पर्यटकहरुको तथ्यांक राख्न नसक्दा पोखरामा कति पर्यटक आउछन भनि हचुवाको भरमा भन्ने गरिन्छ ।

नेपालमा आउने विदेशी पर्यटक करिब ४० प्रतिशत पोखरा आउने दाबी गरिन्छ