गृहपृष्ठ डोटीमा बाख्राको मासु खाँदा १५ जना बिरामी
डोटीमा बाख्राको मासु खाँदा १५ जना बिरामी
डोटीको आदर्श गाउँपालिका–१ भेलगडामा बाख्राको मासु खाँदा १५ जना बरामी भएका छन् । शनिबार स्थानीयवासीले बाख्राको मासु खाँदा उनीहरु बिरामी भएको स्थानीयले बताएका छन् । इलाका प्रहरी कार्यालय दिपायलका अनुसार १२ बिरामीलाई उपचारको लागि दिपायलको पिपल्लास्थित शैलेश्वरी अस्पतलामा उपचारका लागि ल्याइएको छ । अन्यको स्थानीय मौवा स्वास्थ्यचौकीमा उपचार भइरहेको छ ।
बाख्राको मासु खाएर गम्भीर बिरामी परेकामा आदर्श गाउँपालिका–१ भेलगडाकी ९ वर्षीया सरस्वती खड्का, सोही वडाका २९ वर्षीय प्रेम खड्का, ३८ वर्षीय पदम खड्का, २६ वर्षीय नारायण खड्का, १३ वर्षीया पार्वती खड्का, ११ वर्षीया कल्पना खड्का, २७ वर्षीया इस्सरादेवी खड्का, तीन वर्षीया उर्मिला खड्का रहेका छन् ।
त्यस्तै, आर्दश गाउँपालिका–१ भेलगडाकी दुई वर्षीया एलिसा खड्का, सोही वडाका आठ वर्षीय रोशन खड्का, ४० वर्षीया शान्तिदेवी खड्का, सात वर्षीय रोहन खड्का, ३२ वर्षीया मानी खड्का, १३ वर्षीय नारद खड्का र १२ वर्षीया अनिशा खड्का रहेका छन् । बिरामी भएकामध्ये केहीको अवस्था गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
प्रकाशित समय : १७:०६ बजे



















