काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

घुस लिँदै गर्दा सशस्त्र प्रहरीका जवान पक्राउ

8.84K
shares

सेवाग्राह सँग घुस लिँदै गर्दा सशस्त्र प्रहरीका जवान रंगेहात पक्राउ परेका छन् ।

रुपन्देहीको शसस्त्र प्रहरीबल नेपाल नं ४१ गुल्म बुटवलमा कार्यरत सशस्त्र प्रहरीका जवान भेषेन्द्र केसी घुस लिएको १० हजारसहित पक्राउ परेका हुन् । भन्सारमा समान छुटाईदिने भन्दै सेवाग्राहीसँग लिएको नगद १० हजार सहित बुटवल दिपनगरबाट आईतवार साँझ केसीलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले जनाएको छ ।

केसीले नियमित घुस रकम नदिए पक्राईदिने धम्की दिँदै मासिक रुपमा घुस रकम माग गर्दै आउने गरेको गुनासो आएकाले निगरानीका क्रममा रंगेहात पक्राउ गरिएको अख्तियारले जनाएको छ । केसी सशस्त्र प्रहरीका घुमुवा जवान हुन् ।