काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

रोजगारी सिर्जना गर्दै आत्मनिर्भर बनेका पाल्पाका उद्यमी सम्मानित

252
shares

सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–५ मा सञ्चालित अरनिको कृषि तथा पशुपालन फर्मले बागमती प्रदेशस्तरीय नवप्रवर्तन उद्यमी सम्मान प्राप्त गरेको छ ।

उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालय बागमती प्रदेशले आयोजना गरेको १२औँ उद्योग दिवस तथा नवप्रवर्तन उद्यमी सम्मान कार्यक्रममा फर्मले ७१ अङ्क प्राप्त गर्दै प्रदेशमै दोस्रो स्थान हासिल गरेको हो । फर्मलाई ‘जिल्लाको उत्कृष्ट उद्यमी’ पुरस्कारबाट सम्मान गरिएको छ । ७५ हजार राशिसहित फर्मका अध्यक्ष शारदा घलेलाई बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले सम्मान गरेका हुन् ।

सिन्धुपाल्चोकमा सञ्चालन हुँदै आएको अरनिको कृषि तथा पशुपालन फर्मले विशेष कफी उत्पादन, स्थानीय कृषि उपज, कृषि पर्यटन, आतिथ्य सत्कार तथा सीप विकासका क्षेत्रमा काम गर्दै आएको छ । फर्मले स्थानीय किसान र उत्पादनलाई प्रोत्साहन गर्दै उद्यमशीलताको विकासमा योगदान पु¥याउँदै आएको छ ।

प्रदेशस्तरमै दोस्रो स्थान हासिल गर्न सफल भएकामा खुसी व्यक्त गर्दै फर्मका सञ्चालक घलेले यो उपलब्धि किसान, कर्मचारी, साझेदार, ग्राहक तथा आफ्नो अभियानमा विश्वास गर्ने सबैप्रति समर्पित गरेको जनाएको छ । सम्मानले थप मेहनत गर्न, नयाँ अवसर सिर्जना गर्न र स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारसम्म पु¥याउन प्रेरणा मिलेको उनले बताए ।