ट्रकले ठक्कर दिँदा चितवनमा मोटरसाइकल चालकको ज्यान गयो
वि.सं.२०७६ जेठ ६ सोमवार १३:१३
shares

नारायणगगढ–मुग्लिन सडकखण्डमा मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
काठमाडौं महानगरपालिका–८ बस्ने ३० वर्षीय अनुप खड्को आइतबार साँझ मृत्यु भएको हो । मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको बा७७प ६६६३ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको ना६ख ५९७१ नम्बरको ट्रकले भरतपुर महानगरपालिका–२९ केराबारीमा ठक्कर दिएको थियो ।
ट्रकको ठक्करबाट घाइते खड्काको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । ट्रकका चालक फरार भएको प्रहरीले जनाएको छ ।

























