काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

१ महिनामा १२ थान बन्दुक फेला

14.55K
shares

सुर्खेतमा १२ थान बन्दुक फेला परेको छ । एक महिनाको अवधिमा प्रहरीले १२ थान हतियार फेला पारेको हो ।

गत शनिबार बराहताल गाँउपालिका वडा ईलाकामा सामुदायिक प्रहरी साझेदारीता कार्यक्रम अन्तर्गत गस्तीका क्रममा प्रहरीले ६ थान भरुवा बन्दुक फेला पारेको छ । यसअघि, वैशाख १६ गते बराहताल गाउँपालिका–५ करियापानीबाट २ थान बन्दुक फेला परेको थियो भने वैशाख १७ गते सोही गाउँपालिकाको लेखगाउँ चेपाङबाट १ नाल बन्दुक फेला परेको थियो ।

प्रहरीले जम्मा १२ थान भरुवा बन्दुक फेला पारेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।