काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

प्रदेश एकका कृषकलाई २२ करोड रुपैयाँ अनुदान बाँडियो

9.95K
shares

प्रदेश १ सरकारले कृषि क्षेत्रको विकास र विस्तार गर्ने कार्यक्रम अन्तर्गत २२ करोड ४० लाख रुपैयाँ कृषकहरुलाई वितरण गरेको छ ।

भूमि व्यवस्था तथा कृषि मन्त्रालयले आफ्नो वार्षिक कार्यक्रमअनुसार प्रदेश भित्रका १ सय ४ जना कृषक र व्यावसायिक फर्मलाई अनुदान रकम प्रदान गरेको हो । मन्त्रालयका सूचना अधिकारी कुमारसिंह खत्रीका अनुसार विभिन्न १४ वटा कार्यक्रमका लागि कृषक, समूह र व्यवयासयिक फर्मलाई अनुदानस्वरुप ७० प्रतिशत रकम प्रदान गरिएको छ ।

मन्त्रालयले पशुजन्य उत्पादन, बजारीकरण, वधशाला निर्माण, मासु चिस्यान घर, मिल्किङ पार्लर स्थापना लगायतका कार्यक्रममा प्रस्ताव माग गरेको थियो । माग गरिएका प्रस्तावमध्ये मापदण्ड पूरा भएकालाई अनुदान दिइएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयमा अनुदानका लागि ३ सय १३ निवेदन दर्ता भएका थिए । ती मध्ये १ सय ४ प्रस्ताव छनौट भएका हुन् ।