काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

प्रदेश प्रमुखसमक्ष मुख्य न्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस

624
shares
विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङसमक्ष कोशी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले आर्थिक वर्ष २०८२/८३ को नवौँ वार्षिक प्रतिवेदन पेस गरिएको छ ।
प्रदेश प्रमुख खापुङसमक्ष प्रदेशका मुख्य न्यायाधिवक्ता नारायण वस्तीले आज प्रतिवेदन प्रस्तुत गरेका हुन ।त्यसअवसरमा प्रदेश प्रमुख खापुङले न्यायाधिवक्ताको कार्यालयलले लोकतन्त्रको सुदृढीकरण र कानुनी शासन लागू गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन ।
प्रदेश प्रमुख खापुङले समुदाय र विद्यार्थीलाई कानुनी साक्षरता प्रदान गरेको कार्यको प्रशंसा गर्दै कारागार र प्रहरी हिरासतको अनुगमन गरी सुधारका लागि दिएको सुझाव कार्यान्वयन हुने विश्वास जनाए ।
त्यसअवसरमा मुख्य न्यायाधिवक्ता वस्तीले प्रदेशमा कानुनी शासनको बलियो उपस्थिति रहेको जनाउँदै आर्थिक वर्ष २०८२/८३ मा ६२ प्रतिशत मुद्दा फछ्र्योट भएको जानकारी दिए ।