काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

मुगुम समाज कल्याण केन्द्रद्वारा विपद् प्रभावितका लागि सहयोग

1.97K
shares

काठमाडौं । मुगुम समाज कल्याण केन्द्रले विपद् प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा छ लाख सहयोग गरेको छ ।

केन्द्रका प्रतिनिधिहरूले आज महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सिता बादीसँग भेट गरी उक्त रकम सहयोगस्वरूप हस्तान्तरण गरेका हुन् ।

विपद् प्रभावित नागरिकलाई राहत उपलब्ध गराउने तथा उनीहरूको पुनःस्थापनामा योगदान पुर्‍याउने उद्देश्यले केन्द्रले उक्त सहयोग गरेको जनाइएको छ ।