उजाडियो जिल्ला प्रशासन कार्यालय मोरङ परिसर
वि.सं.२०७६ जेठ ६ सोमवार ०१:०४
shares

विराटनगरस्थित जिल्ला प्रशासन कार्यालय मोरङ सामुन्ने रहेका सय वर्षभन्दा बढी पुराना बरपिपलका रुख काटिएको छ ।
पुराना रुख काटिएपछि सो क्षेत्र उजाड देखिएको हो । जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राही भिडभाडमा गर्मी छल्न त्यँहा रहेका रुखको छहारीमा आराम गर्ने गर्थे । एकाएक रुख काटिएपछि स्थानीय र सेवाग्राहीहरुले विरोध जनाएका छन् । रतुवामाई नगरका स्थानीयले रुख काटिएकोमा आपत्ति जनाएका छन् ।
मोरङका सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डे हाँगाहरु झर्न थालेकाले सम्भावित दुर्घटना रोक्न रुख काटिएको बताउँछन् । उनले पुराना रुखको स्थानमा नयाँ विरुवा रोप्ने बताए ।

























