काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

मेचीनगरलाई सडकआश्रित मानवमुक्त घोषणा गर्ने तयारी

903
shares

झापा। मेचीनगर नगरपालिकालाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त नगरपालिका घोषणा गरिने भएको छ ।

मानवसेवा आश्रम र नगरपालिकाको संयुक्त पहलमा यही मङ्सिर १५ गते घोषणाका लागि आवश्यक तयारी भइरहेको मानवसेवा आश्रम झापा जिल्ला संयोजक खगेन्द्र विश्वकर्माले जानकारी दिए ।

हालसम्म मेचीनगर नगरपालिकाभित्रबाट १०६ जना सहयोगापेक्षी सडकआश्रित मानवको उद्धार गरिएको उनले जानकारी दिए। नगरपालिकालाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त बनाउने उद्देश्यसहित मानवसेवा आश्रम र नगरपालिकाबीच दुई महिनाअघि सम्झौता भएको थियो । सम्झौतापछि नगरपालिकाका विभिन्न क्षेत्रबाट नियमित रूपमा उद्धार सेवा सञ्चालन हुँदै आएको छ ।