अपांगता भएकालाई सहायक सामाग्री प्रदान
वि.सं.२०७६ जेठ ६ सोमवार ००:५०
shares

अपांगता भएका एक दर्जन व्यक्तिलाई सहायक सामाग्री प्रदान गरिएको छ ।
प्रदेश एकको सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा अपांगता भएका व्यक्तिलाई सहायक सामाग्री वितरण गरिएको हो । सहायक सामाग्री उत्पादन गर्दै आएको सिबिआरले प्राविधिक सहयोग गरेको हो । प्रदेश एकका सामाजिक विकास मन्त्री जीवन घिमिरेले मोरङ, सुनसरी, झापा, इलाम र धनकुटाका १२ जनालाई आवश्यकता अनुसारको सहायक सामाग्री प्रदान गरे ।
उनीहरुलाई कृत्रिम हात, खुट्टा, ह्वीलचेयर, ट्राइसाईकलका साथै अन्य उपकरणहरु प्रदान गरिएको छ ।

























