काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

आफ्नै अपहरणको नाटक गरी बाबुुुसँग फिरौती असूली

15.06K
shares

रुपन्देहीमा एक युवकले आफ्नै अपहरणको नाटक गरी बाबुसँग फिरौती रकम लिएको खुलेको छ ।

सो रहस्य बाहिर आएपछि जिल्ला प्रहरी कार्यालय रुपन्देहीले ती युवकलाई पक्राउ गरेको छ । रुपन्देहीको सिद्धार्थ नगरपालिका–८ का जोखन मोहमद कमालुद्दिन मुसलमानले अपहरणमा परेको नाटकमा बाबुसँग २ लाख रुपैयाँ फिरौती लिएका थिए । गत वैशाख ५ गते घरबाट निस्किएर सम्पर्कविहीन भएका २२ वर्षीय जोखन पोखराबाट पक्राउ परेका हुन् ।

जोखनले आफ्नै मोबाइल नम्बरबाट बाबुलाई फोन र एसएमएस गरी आफू अपहरणमा परेको र अज्ञात स्थलमा रहेको जानकारी गराएका थिए । प्रहरीका अनुसार जोखनले अपहरणकारीले २ लाख फिरौती रकम मागेको र तत्काल ५० हजार रुपैयाँ दण्डपाणी बरालको नाममा आईएमई गरी पठाए मुक्त हुने बताएका थिए ।

बाबुले पठाएको रकम लिन जोखन आफै पोखराको पृथ्वीचोकमा रकम लिन पुगेपछि प्रहरीले पक्राउ गरेको थियो । उनीविरुद्ध प्रहरीले सार्वजनिक नैतिक विरुद्धको अभद्र व्यवहारमा मुद्दा चलाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले जानकारी बताए । जोखनका बाबु भैरहवामा मिस्त्री काम गर्दै आएका छन् ।