काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

घुमाउने पुल निर्माणका लागि स्थानीयको ताकेता

399
shares

दमौली। तनहुँको आँबुखैरेनी र चितवनको भरतपुर महानगरपालिका जोड्ने त्रिशूली नदीमाथि घुमाउने पुल निर्माणका लागि स्थानीयले दबाव बढाएका छन् । पुल निर्माणमा देखिएको अवरोध हटाइ तत्काल काम अगाडि सम्बद्ध निकायलाई आग्रह गरेका छन् ।

पुल निर्माणमा भएको प्रगति र पछिल्लो अवस्थाबारे जानकारी लिन स्थानीय अगुवा सिद्धान्त थापा मगरले सडक डिभिजन कार्यालय दमौलीका प्रमुख राजीव श्रेष्ठ र इन्जिनियर राजेन्द्र रेग्मीसँग छलफल गर्ेका छन् । आँबुखैरेनी गाउँपालिका–५ र भरतपुर महानगरपालिका–२९ जोड्ने घुमाउनेमा १२ वर्ष अगाडि निर्माण सुरु गरिएको पुल अलपत्र अवस्थामा छ ।

सडक डिभिजन कार्यालयका प्रमुख राजीव श्रेष्ठले पुरानै ठाउँ वा नयाँ ठाउँबाट पुल निर्माण गर्ने विषयमा अध्ययन भइरहेको जानकारी दिए । त्यसका लागि चालु आर्थिक वर्षमा एक करोड ५० लाख बजेट विनियोजन भएको छ ।

डिभिजन कार्यालयले घुमाउनेको पुलको ठेक्का तोडिसकेको छ । तोकिएको अवधि र थपिएको म्यादमा काम सम्पन्न नगरेको र पटक–पटक निर्देशन दिएको भएपनि निर्माण व्यवसायीले चासो नदेखाएपछि गत वैशाखमा ठेक्का तोडिएको थियो ।

घुमाउनेमा पुल नबन्दा यस भेगका जनताले सास्ती खेपिरहेको र पटक–पटक मन्त्री, सांसद, सडक डिभिजनमा ध्यानाकर्षण र सरोकारवाला निकायमा पुगी घेराउ गरेका थिए । पुल निर्माण थालिए पनि अहिलेसम्म दुईतिरको भागमा पिल्लर मात्रै ठडिएको छ । मृत सञ्जीवनी निर्माण कम्पनी हेटौँडासँग पहिलो पटक विसं २०७० असारमा पुल निर्माणका लागि सम्झौता भएको थियो ।

बारम्बारको म्याद थप र डिजाइन परिवर्तनपछि विसं २०७५ माघमा निर्माणका लागि पुनः सम्झौता भएको थियो । सम्झौताअनुसार, विसं २०७८ चैतमा पुल निर्माण सकिनुपर्ने थियो । हालसम्म करिब ३६ प्रतिशत मात्रै काम भएको सडक डिभिजन कार्यालयले जनाएको छ ।

गण्डकी प्रदेशको राजधानी पोखरा र चितवन सहजै आवातजावत गर्ने उद्देश्यका साथ घुमाउनेघाटमा पुल निर्माण थालिएको थियो । तनहुँको सदरमुकाम दमौली स्थित व्यास नगरपालिका–१ निर्मलनगरबाट सुरु हुने बुद्धसिं मोटरमार्ग सेती र मादी नदीको किनार हुँदै क्रमशः व्यास १३, व्यास १४, बन्दिपुर ६, आँबुखैरेनी ५ हुँदै जान्छ । सो सडक मुग्लिन–नारायणगढ सडकमा जोडिन्छ ।

देवघाट गाउँपालिकाअन्तर्गत वडा नम्बर २, ३ र ४ का नागरिक लाभान्वित हुने सो सडक पृथ्वी राजमार्गको मुग्लिन सडकखण्ड भन्दा २३ किलोमिटर छोटो छ ।

गण्डकी प्रदेशलाई चितवनको नारायणगढसम्म जोड्ने सबैभन्दा छोटो दूरीको बुद्धसिंमार्गको घुमाउनेको उक्त मोटरेबल पुलको निर्माण सम्पन्न भएपछि वैकल्पिक मार्गबाट पोखरा र दमौलीसँग नारायणगढ जोडिन्छ । हाल मोटरेबल पुल नहुँदा यातायातका साधन तनहुँकै सिमानामा पुगेर फर्कन बाध्य छन् । मोटरसाइकल भने डोहो¥याएर मुग्लिङ नारायणगढ सडक खण्डसम्म ल्याउन सकिन्छ ।