काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सरकारको खातामा रु. १ खर्ब ४५ अर्ब सञ्चित

13.5K
shares

सरकारले पर्याप्त स्रोत संकलन गरेर खर्च गर्न नसकेपछि नेपाल राष्ट्र बैंकमा रहेको सरकारको खातामा चालू आर्थिक वर्षको वैशाखसम्म १ खर्ब ४४ अर्ब ९१ करोड रुपैयाँ सञ्चित भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार यसमध्ये स्थानीय तहको खातामा ५१ अर्ब ४७ करोड रुपैयाँ छ ।

राजस्वको वृद्धिदर १९.५ प्रतिशत रहेको अनुपातमा खर्चको वृद्धिदर सुस्त भएपछि बैंकिङ कारोबारमा आधारित सरकारको वित्त स्थिति रु.१७ अर्ब २९ करोडले बचतमा भएको राष्ट्र बैंकले जानकारी दिएको छ । अघिल्लो वर्षको सोही अवधिमा सरकारी वित्त स्थिति रु.११२ अर्ब ७५ करोडले घाटामा थियो । सरकारले खर्चै गर्न नसकेर बजेट बचतमा देखिनुलाई अर्थविदहरूले सही मानेका छैनन् ।

चालू आर्थिक वर्षको पहिलो नौ महिनासम्म चैत महिनासम्म सरकारको कुल खर्च गत वर्षको तुलनामा साढे ७ प्रतिशतले घटेको छ । चैत मसान्तसम्म सरकारले ५ खर्ब ९६ अर्ब रुपैयाँमात्र खर्च गर्न सकेको छ । यो गत वर्षको समान अवधिको तुलनामा ७.३ प्रतिशतले कम हो ।

कुल खर्चमध्ये चालू खर्च गत वर्षको तुलनामा ९ प्रतिशतले घटेको छ भने पुँजीगत खर्च ५ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चैत मसान्तसम्म चालूतर्फ ४ खर्ब ४७ अर्ब रुपैयाँ र पुँजीगततर्फ १ खर्ब ३ अर्ब रुपैयाँमात्र खर्च गर्न सकेको छ । यसले सरकारको खर्च गर्नसक्ने क्षमता निकै कमजोर भएको संकेत गरेको छ ।