काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

कोशी प्रदेशसभा बैठक

3.19K
shares

विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकमा ‘प्रदेश लोकसेवा आयोगको आर्थिक वर्ष २०८२/८३ को सातौँ वार्षिक प्रवितवेदन’ पेस भएको छ । प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको तर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाले सो प्रतिवेदन सभामा पेस गरेपछि सभामुख अम्बरबहादुर विष्टले उक्त प्रतिवेदन सुशासन तथा योजना समितिमा पठाउने जानकारी दिए ।

आन्तरिक मामिला तथा कानुनमन्त्री शेर्पाले सवारी अनुमतिपत्रका लागि चिकित्सा मापदण्डअनुसार काम भइरहेको बताए । उनले सभाको शून्य समय तथा विशेष समयमा उठेका प्रश्नहरूको जवाफ दिँदै सुनसरीको देवानगञ्ज घटनामा मृत्यु भएका व्यक्तिका परिवारलाई प्रदेश सरकारले दिने रकम सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीमार्फत पठाइसकिएको जानकारी दिए।

मन्त्री शेर्पाले प्रदेशमा विपद् जोखिम क्षेत्रको नक्साङ्कन भइसकेको र बर्सेनि अद्यावधि हुने भन्दै ट्राफिक नियमविपरीत चलाउने सवारी चालकलाई कारबाही हुने जानकारी दिए ।

आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेपले बजेटमा असन्तुलन भएको असन्तुष्टि छिट्टै सम्बोधन हुने भन्दै प्रत्येक निर्वाचन क्षेत्रमा बहुवर्षीय योजना समावेश गर्ने प्रतिबद्धता जनाए । उनले नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र नेपाल कम्युनिष्ट पार्टी (एमाले)को पछिल्लो गठबन्धनबाट बनेको प्रदेश सरकारले एउटा न्यूनतम साझा कार्यक्रम घोषणा भइसकेको र यो सरकारले ग्रहण गरी लागू हुने क्षणमा रहेको स्पष्ट पारे ।

मन्त्री लिङ्थेपले कोशी प्रदेशमा आर्थिक वर्ष २०८२/८३ मा पुँजीगत खर्च ७२ दशमलव ७३ प्रतिशत भएको जनाउँदै यो अन्य प्रदेशको तुलनामा सकारात्मक रहेको धारणा राखे।

यसअघि प्रदेशसभाको शून्य समयमा कोशी प्रदेशसभा सदस्य गीतादेवी रेग्मीले चाडपर्व नजिकिँदै जाँदा ग्यासको कृत्रिम अभाव देखिएको, दैनिक उपभोग्य सामानको मूल्य अभिवृद्धि भएको र आवश्यक वस्तुहरुको अभाव सिर्जना भएकाले सरकारले यसमा ध्यान दिनु पर्ने बताए । सभाको अर्को बैठक भोलि शनिबार बिहान ११ः०० बजे बस्नेछ ।