गृहपृष्ठ इ-सेवाको बम्पर उपहार विजेतालाई यामाहा मोटरसाइकल
इ-सेवाको बम्पर उपहार विजेतालाई यामाहा मोटरसाइकल
नेपालको पहिलो पेमेन्ट गेटवे इ-सेवाले दसैँ तिहार तथा छठ पर्वलाई लक्षित गर्दै सार्वजनिक गरेको ‘उत्सवको बहार, हप्तैपिच्छे उपहार’ योजनाका विजेता सार्वजनिक गरेको छ । योजनाको बम्पर उपहारअन्तर्गत मकवानपुरका लेखनाथ पौडेलले यामाहाको एफजेडएस एफआइ भिथ्रि मोटरसाइकल जितेका छन् ।
यसैगरी अर्को बम्पर उपहारमा काठमाडौँ रामकोटका किरण घलेले एक साताको लागि एक जोडीलाई दुबई ट्रिप जिते । यस उपहार योजनामा ३ सय ५० जनाले विभिन्न भाग्यशाली उपहार जितेको इसेवाको सूचना तथा सञ्चार शाखाले जनाएको छ । ६ हप्तासम्म सञ्चालन भएको उपहार योजनामा हरेक हप्ता ५८ जनाले विभिन्न उपहार जित्दै आएका थिए ।
यस उपहार योजनामा केफसीको उपहार कुपन हरेक हप्ता १६ जनाका दरले ६ हप्तासम्म ९६ जनाले जित्न सफल भए । यसैगरी उपहार योजनाभर युएफओका तर्फबाट ९६, मिनिसोका तर्फबाट ४८, प्रिती क्लिकको सपिङ भौचर १८ जनाले जितेका छन् । यस्तै दुल्लाको वालेटमा १० जना, लाटिदोको ब्याग ६ जनाले तथा ओयो रूम ६ जनाले पुरस्कारस्वरुप प्राप्त गरे ।
शाखाका अनुसार क्यास्पर की, इ ईस्क्यान, एम सेक्युरिटिज र वार्डविजका एन्टिभाइरस १२ जनाका दरले जितेका छन् । यसैगरी सिजिका टेलिभिजन ६ जनाले, भायानेटको इन्टरनेट ३ जनाले तथा चियर्सको गिफ्ट भौचर ६ जनाले जित्न सफल भएका छन् । असोज १ गतेदेखि कार्तिक १६ गतेसम्म इसेवामार्फत कारोबार गर्ने हरेक व्यक्ति यस उपहार योजनामा सहभागी भएका थिए ।
इसेवामा हाल ५६ वटा बैंक तथा वित्तीय संस्था तथा ७० हजारभन्दा बढी मर्चेन्ट आवद्ध छन् ।
प्रकाशित समय : २२:३९ बजे



















