global ime bank Long Banner Ad

गृहपृष्ठ कोकाकोला : विश्वमै धेरै प्लास्टिक प्रदूषक कम्पनी

कोकाकोला : विश्वमै धेरै प्लास्टिक प्रदूषक कम्पनी

कोकाकोला : विश्वमै धेरै प्लास्टिक प्रदूषक कम्पनी

सफ्टड्रिंक उत्पादक कोकाकोला विश्वमै धेरै प्लास्टिक प्रदूषण फैलाउने कम्पनीमा दरिएको छ । ‘द ब्रेक फ्री फ्रम प्लास्टिक’ नामक विश्वव्यापी अभियानले गरेको अध्ययनले सो कुरा देखाएको हो ।
सोडामा आधारित पेय उत्पादन गर्ने कोकाकोलाले अन्य तीन ठूला प्रदूषक ब्रान्डबराबर नै प्लास्टिकजन्य प्रदूषण उत्पादन गर्ने गरेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

विभिन्न देशका ७२ हजारभन्दा स्वयंसेवकहरूले समुद्र किनार, नदीखोला, आफ्ना घर तथा कार्यालय वरपर फैलिएका प्लास्टिकजन्य प्रदूषणलाई टिपेर यो अध्ययन गरिएको हो ।

फोहरका डंगुरहरूबाट संकलन गरिएको नमुनाअनुसार ५० किसिमका प्लास्टिक पाइयो भने करिब ८ हजार ब्रान्डले यसरी प्लास्टिक प्रदूषण फैलाउने गरेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

विश्वका चार महादेशका ३७ मुलुकमा कोकका ११ हजार ७३२ टुक्रा प्लास्टिक फोहर संकलन भएको थियो । कोकाकोलापछि दोस्रो ठूलो प्रदूषकमा पेप्सीको, ओरियो, रिट्ज, नेबिस्को र नुटर बटरका उत्पादक मोन्डोलज इन्टरनेसनल र युनिलिभर परेका छन् ।

कोक अफ्रिका र युरोपमा प्लास्टिक प्रदूषणमा मुुख्य स्रोत हो भने एसिया र दक्षिण अमेरिकामा दोस्रो ।

विश्वभरि उत्पादन हुने कुल प्लास्टिकमध्ये केबल ९ प्रतिशतमात्र पुनःप्रशोधन भएको छ ।

नेपालमा कोक, लेज र चाउचाउ प्रदूषण

अध्ययनमा नेपालबाट हिमालयन हिरोज नेपाल नामक स्वयंसेवी युवाहरुको संथ्ना अध्ययनमा समेल भएको थियो । नेपालमा कोक, पेप्सीपछि सर्वाधिक प्लास्टिक प्रदूषण फैलाउने ब्रान्डमा लेज, कुरकुरे र वाइवाइ परेको छ ।

यद्यपि, यो सहरी क्षेत्रमा संकलन गरिएको नमुनामात्रै भएकाले देशभरिका मुख्य प्लास्टिस्क प्रदूषक ब्रान्डहरूका बारेमा अझै स्पष्ट खुलेको छैन ।

प्रकाशित समय : २२:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु