global ime bank Long Banner Ad

गृहपृष्ठ मुख्यमन्त्री कार्यालयमा ताला लगाउन खोज्दा पाँच घण्टा प्रहरी नियन्त्रणमा

मुख्यमन्त्री कार्यालयमा ताला लगाउन खोज्दा पाँच घण्टा प्रहरी नियन्त्रणमा

मुख्यमन्त्री कार्यालयमा ताला लगाउन खोज्दा पाँच घण्टा प्रहरी नियन्त्रणमा

प्रदेश नं. २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा तालाबन्दी गर्न खोज्दा धनुषाका पाँच दर्जन अस्थायी शिक्षक पाँच घण्टा प्रहरी नियन्त्रणमा बसेका छन् । आन्दोलनमा रहेका अस्थायी शिक्षकहरु मंगलबार दिउँसो पक्राउ परेका थिए ।

उनीहरु पाँच घण्टापछि रिहा भएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ परेका सबै ६० जना शिक्षकलाई केहीबेर अघि रिहा गरेको हो ।

पूर्वअस्थायी शिक्षक सघर्ष समितीका प्रदेश २ संयोजक धर्मेन्द्र यादवसहित सबैलाई छाडिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रामेश्वर कार्कीले बताए । पक्राउ परेका शिक्षकहरुलाई जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षमा राखिएको थियो ।

सेवाबाट बर्खास्त गरिएपछि पुनर्बहालीको मागसहित आन्दोलन गर्दै आएका उनीहरुले मंगलबार दिउँसो मुख्यमन्त्री कार्यालयअगाडि आधा घण्टा चक्काजामसमेत गरेका थिए । यसअघि अस्थायी शिक्षकहरुले असार २० देखि एक महिनासम्म मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयअगाडि धर्ना दिएका थिए ।

प्रकाशित समय : २३:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु