global ime bank Long Banner Ad

गृहपृष्ठ एमसीसीविरुद्ध खेल्न पोखरेली टोली उत्साहित, जुट्यो प्रशिक्षणमा

एमसीसीविरुद्ध खेल्न पोखरेली टोली उत्साहित, जुट्यो प्रशिक्षणमा

एमसीसीविरुद्ध खेल्न पोखरेली टोली उत्साहित, जुट्यो प्रशिक्षणमा

बेलायती क्लब मेरिलोबन क्रिकेट क्लब (एमसीसी)विरुद्ध बिहीबार हुने खेलका लागि मुख्यमन्त्री– ११ र कास्की– ११ का खेलाडीहरु प्रशिक्षणमा जुटेका छन् । पोखरेली टोलीले चार वर्षअघि पनि एमसीसीविरुद्ध खेलिसकेकाले यो पटक हुने खेलप्रति खेलाडी, प्रशिक्षक तथा पदाधिकारीहरु उत्साहित देखिएका छन् ।

‘क्रिकेटको जननी’ मानिने बेलायतमा त्यहाँको सबैभन्दा पुरानो क्लब एमसीसीको टोली दुई अलग–अलग टि–२० म्याचका लागि आइतबार पोखरा आइपुग्दै छ । मुख्यमन्त्री– ११ को टिममा प्रदेशस्तरीय खेलाडी सहभागी छन् भने कास्की– ११ मा कास्कीका खेलाडी सम्मिलित छन् । दुवै टिमलाई प्रशिक्षक रिजन प्रजुले प्रशिक्षण गराइरहेका छन् ।

कास्की जिल्ला क्रिकेट संघको आयोजनामा कात्तिक २५ र २६ गते पोखरा रंगशालामा हुन लागेको खेलले चार वर्षअघि सन् २०१५ को सम्झना दिने प्रशिक्षक प्रजुले बताए । ‘त्यति बेला हामीले एमसीसीविरुद्ध एक दिवसीय खेल खेलेका थियौँ,’ उनी सम्झन्छन्, ‘जसमा हामी विजयी भएका थियौँ ।

अब पनि त्यस्तै नतिजा आवोस् । खेलप्रति म अत्यन्त उत्साहित छु, प्रतिक्षामा छु ।’ पोखराको क्रिकेट बामे सरिरहेको त्यस बेलाको त्यो जीत अहिले पनि सपनाजस्तै लाग्ने बताउँदै उनले यो पटक पनि त्यही नतिजा निकाल्न टिमको तयारी भइरहेको जानकारी दिए ।

अब हुने खेल यस क्षेत्रमा समग्र क्रिकेट खेलको विकासका लागि महत्वपूर्ण हुने कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलको बताउँछन् । ‘हामी यति बेला १३औँ सागअन्तर्गत महिला क्रिकेटको तयारीमा छौँ,’ उनी भन्छन्, ‘एमसीसीको यो भ्रमणले पक्कै पनि पोखराको क्रिकेट माथि उठेको छ भन्ने सन्देश विश्वभर फैलिनेछ ।’

कास्की– ११ र मुख्यमन्त्री– ११ को टिमबाट नेपाली राष्ट्रिय टोलीका किशोर महतो, दिपेश श्रेष्ठजस्ता अलराउण्डर खेलाडी समावेश छन् । एमसीसीविरुद्ध चार वर्ष अघि ७५ रनको यागदान दिने अनिल गुरुङसमेत टिममा समावेश हुने प्रशिक्षक प्रजुले बताए ।

प्रकाशित समय : ००:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु