global ime bank Long Banner Ad

गृहपृष्ठ कास्की- २ का लागि कांग्रेसको रोजाइमा पुराना कार्यकर्ता पौडेल

कास्की- २ का लागि कांग्रेसको रोजाइमा पुराना कार्यकर्ता पौडेल

कास्की- २ का लागि कांग्रेसको रोजाइमा पुराना कार्यकर्ता पौडेल

मंसिर १४ गते हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि कास्की क्षेत्र नं. २ बाट नेपाली कांग्रेसले उम्मेदवार तय गरेको छ । कांग्रेसले खेमराज पौडेललाई उम्मेदवार बनाएको हो ।

जिल्लाबाट पठाइएका १६ जनाको सूचीबाट पौडेल अन्तिम छनोटमा परेको कांग्रेस कास्कीले जनाएको छ । केन्द्रीय सदस्य धनराज गुरुङ कास्कीबाट उम्मेदवार हुने चर्चा भए पनि उनी पछि हटेका छन् ।

पोखरा– २२ पुम्दीभुम्दीका पौडेल कांग्रेसका पुराना कार्यकर्ता हुन् । स्थानीय प्रौढ माध्यमिक विद्यालय (हालको नवप्रभात मावि)का संस्थापक उनी लामो समय शिक्षण पेशामा आवद्ध थिए । पेशाबाट अवकाश लिएपछि उनी राजनीतिमा सक्रिय छन् । ७४ वर्षीय पौडेलले कांग्रेस जिल्ला उपसभापतिको जिम्मेवारी सम्हालिसकेका छन् ।

आकांक्षी धेरै भएपछि कांग्रेसको उम्मेदवार चयनमा ढिलाइ भएको थियो । नेकपासहित अन्य पार्टी चुनावी प्रचारप्रसारमा जुटिसकेका छन् । नेकपाबाट विद्या भट्टराई, साझा पार्टीकी रजनी केसी, समाजवादी पार्टीका धर्मराज गुरुङ, विवेकशील नेपाली दलका जमुना शर्मा कास्की–२ का अन्य उम्मेदवार हुन् ।

प्रकाशित समय : २०:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु