global ime bank Long Banner Ad

गृहपृष्ठ महाराष्ट्र राज्यमा सरकार बनाउँदै भाजपा र शिव सेना

महाराष्ट्र राज्यमा सरकार बनाउँदै भाजपा र शिव सेना

महाराष्ट्र राज्यमा सरकार बनाउँदै भाजपा र शिव सेना

भारतको महाराष्ट्र राज्यमा केन्द्रीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) र शिव सेनाले सरकार बनाउने देखिएको छ ।

निर्वाचनका बेला गठबन्धन गरेका यी दुई दलले सरकारमा पनि भागबण्डा गर्ने अनुमान गरिएको छ ।

केन्द्रीय मानव स्रोत विकास मन्त्री संजय साम्राओ धोत्रेले महाराष्ट्रका जनताले भाजपा र शिव सेनाको संयुक्त सरकार देख्न चाहेको बताए ।

भाजपा र शिव सेनाका बीचमा शक्ति बाँडफाँडको विषयलाई लिएर विवाद भइरहेका बेला उहाँले दुवै मिलेर सरकार बनाउनु जनताको चाहना भएको बताएका हुन् ।

‘हामी निर्वाचनमासँगै थियौँ, त्यसैले महाराष्ट्रका जनताले हामी सरकारमा पनि सँगै भएको हेर्न चाहेका हुन,’ उनले बुधबार भने ।

उनले अहिले सामान्य विवाद र विमति जस्तो देखिए पनि अन्त्यमा दुवै मिलेर सरकार बनाउने विश्वास पनि व्यक्त गरे ।

संयुक्त सरकार नबनाएमा जनताको अभिमतको बेवास्ता गरेको ठहरिने तर्क गर्दै उनले भाजपा र शिव सेनाको संयुक्त सरकारको विकल्प नभएको दाबी पनि गरे ।

उनले आज, भोलि मात्र नभई अरू २५ वर्ष भाजपा र शिव सेनासँगसँगै रहने उनको भनाइ छ ।

केही हप्ता अगाडि भएको निर्वाचनमा भाजपाले एक्लै १०५ सिटमा जित हासिल गरेर सबैभन्दा ठूलो पार्टी बनेको छ भने शिव सेना ५६ सिटमा विजयी भएको छ । कूल २८८ सिटका लागि भएको निर्वाचनको नतिजा गत अक्टोबर २४मा घोषणा गरिएको थियो ।

प्रकाशित समय : १४:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु