काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

क्यान्सरपीडितलाई वडाध्यक्षको सहयोग

9.39K
shares

उदयपुर जिल्लाको त्रियुगा नगपालिका- ६ घनचक्रेका रक्तक्यान्सरपीडित राजन कार्कीलाई जिल्लाकै रौतामाई गाउँपालिका-२ का वडाध्यक्ष खवीन्द्र रासकोटीले उपचारका लागि १ लाख ८१ रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

जग्गासमेत नभएर ऐलानी जग्गामा बस्दै आएका आर्थिक विपन्नता भएका ४४ वर्षीय कार्कीलाई रक्तक्यान्सर भएपछि उपचारका लागि १० लाख रुपैयाँसम्म खर्च लाग्ने सुनसरीको धरानस्थित बिपी मेमोरियल अस्पतालका चिकित्सक तथा प्रतिनिधिले बताएपछि कार्की र कार्कीका आफन्तहरुले उपचारका लागि खर्च जुटाउन थालेको कार्कीले बताए ।

यसै क्रममा रौतामाई गाउँपालिका–-२ का वडाध्यक्ष रासकोटीले आफ्नो तर्फबाट कार्कीको उपचारका लागि १ लाख ८१ रुपैयाँ सहयोग गरेको क्यान्सरपीडित कार्कीले बताए । अध्यक्ष रासकोटीका अनुसार कोही पनि गरिबीको कारण उपचारको अभावमा मर्न नपरोस् भनेर आफूले आफ्नो तर्फबाट केही आर्थिक सहयोग संकलन गरेर राजन कार्कीको उपचारका लागि सहयोग गरेको बताए ।

सबै धनी-गरिब जोसुकै भए पनि मिलेर बाँच्नुपर्छ र एकले अर्कालाई बचाउनु आपतविपत पर्दा सहयोग गर्नु हामी नेपालीको संस्कार भएको कारण आफूले पनि कार्कीको उपचारका लागि सानो रकम सहयोग गरेको अध्यक्ष रासकोटीको भनाइ छ ।

केही दिनभित्रै कार्कीको सुनसरीस्थित बिपी मेमोरियल अस्पतालमा उपचारको तयारी भइरहेको कार्कीले बताए । (रासस)